नेपालमा एकै दिन ५७ जनामा कोरोना देखियो

बैशाख ३० बीरगञ्ज । नेपालमा एकै दिन अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पर्सामा मात्रै आज ३९ जनामा कोरोना देखिएको छ । रुपन्देहीमा ९, कपिलबस्तुमा ८ र बारामा एक जनामा कोरोना देखिएको छ । यो सगँै देशभर कोरोना संक्रमितको स.ख्या एक सय ९१ पुगेको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था […]

कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिने

कपिलवस्तु । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार नै साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घनारायण पौडेलले सोमबार साँझ ५ बजेदेखि लागू हुने […]

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि […]

भारतसँग वार्ता गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौँ । नेपाल भारत सीमा विवादको समाधान खोज्न सरकारले तत्काल कुटनीतिक र राजनीतिक पहल अघि बढाउनुपर्ने माग राख्दै संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका चार सांसदले सोमबार संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडू, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइलीले प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले […]

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, स‌ंक्रमित १२० पुगे

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, […]

सिक्किमको हिमाली क्षेत्रमा चीन र भारतीय सैनिकबीच झडप

काठमाडौं, २७ बैशाख । भारतको उत्तर सिक्किमस्थित ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ। ना कुला क्षेत्रको दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। चार भारतीय सेना र सात चिनियाँ सेना झडपको क्रममा घाइते भएको जनाइएको छ।। उनीहरुलाई सामान्य चोट लागेको […]

सक्षम जनशक्तिलाई श्रम र रोजगारीसंगै जोड्ने उपत्यका नगरपालिका फोरमको निर्णय

          बैशाख २६ ,काठमाडौँ ।  उपत्यका नगरपालिका फोरमले संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो । ‘कोरोना भाइरसको यस विषयम परिस्थितिमा काठमाडौँ […]

उपत्यकामा लकडाउन स्वरूप परिवर्तन , कुन सवारी साधन कहिले चलाउन पाइने ?

     वैशाख २८ , काठमाडौं ।   काठमाडौं उपत्यकामा लकडाउनको स्वरूप परिवर्तन गरि सवारी चलाउन ‘टाइम कार्ड’ लागू भएको छ । सरकारले उपत्यकाभित्र सरकारी कर्मचारी, बैंकरबित्तीय क्षेत्र, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री बोकेका सवारी साधनलाई आइतबारबाट सशर्त सञ्चालन अनुमति दिने भएको हो । सडकमा गुड्ने सवारी साधनलाइ कामको प्रकृतिअनुसार अनुकुलता मिलाएर सिमित समयमा चलाउन […]

विद्यार्थीलाई सरस्वती निकेतन माविको राहत, खाद्यान्न र सिकाइ सामग्री

काठमाडौं । काठमाडौं टेकु स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउन लम्बिदै जाँदा खाद्यान्न अभाव भोगेका विद्यार्थीहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो । विद्यालयले राहतको दोस्रो चरणमा भने विद्यार्थीहरुलाई सिकाइ सामग्री वितरण गरिने जनाइएको छ । अहिले विद्यार्थीहरुमा मुख्यगरी पेटको र सिकाइको गरी दुईवटा भोक रहेको र विद्यार्थीको दुवै […]

१२ संघसंगठनले एकै श्वरमा भनेः थापा नै वैधानिक अध्यक्ष, फेसबुके टिप्पणी एकता विरोधी हर्कत

काठमाडौं । नेपाल शिक्षक महासंघमा आवद्ध र सम्बद्ध १२ संघसंगठनहरुले बाबुराम थापा नै महासंघको वैधानिक अध्यक्ष भएका स्पष्ट पारेका छन् । साथै, नेतृत्वको सवालमा सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी एकता विरोधी भएको ठहर गरेका छन् । १२ आवद्ध र सम्बद्ध शिक्षक कर्मचारीका संघसंगठनहरुले शुक्रवार संयुक्त अपिल जारी गर्दै विद्यान संशोधन विधिसम्मत नै रहेको  ठहर गरेका छन् […]