उपत्यकामा एक साता अझै कर्फ्यू जारी राख्ने निर्णय

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठकले कर्फ्यूकाे समय थप एक साता लम्ब्याउने निर्णय गरेकाे छ । गृह मन्त्रालयसँगको सल्लाह र सुझावपछि कर्फ्यू लम्ब्याइएकाे बताइएको छ। सुरुमा भदाै ३ गतेदेखि जारी गरिएकाे निषेधाज्ञाको समय यसअघि पनि एक हप्ताका लागि भनेर थप गरिएकाे थियाे । कोरोना भाइरसको संक्रमण नराेकिएकाे भन्दै उपत्यकामा थप एक […]

एकैसाथ चार बच्चालाई जन्म दिएकी महिलाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा चार बच्चाको जन्म दिने महिलाको आज दिउँसो मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका वडा नम्बर-७ जोगियाराकी २२ वर्षीय अरमाना खातुनले मंगलवार साँझ शल्यक्रिया मार्फत एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्। एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। तर दुर्भाग्य आज उनको मृत्यु भएको छ । अरमानाको फोक्सोमा पानी तथा […]

कोरोनाको उपचारपछि मात्रै क्यान्सरको उपचार

भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पीसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पीसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले […]

कोरोनाले आमा गुमाएको चार दिनमै भक्तपुरका ४० वर्षीय छोराको कोरोनाकै कारण मृत्यु

काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा मंगलबार राति भक्तपुरका ४० वर्षीया पुरुषको कोरोना भाइरसकाे संक्रमणका कारण मृत्यु भएको छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। चार दिनअघि मात्र ती पुरुषकी आमाको पनि कोरोनाकै कारण मृत्यु भएको छ। ६२ वर्षीया ती महिलाले पाटन अस्पतालमै ज्यान गुमाएकी थिइन्। १५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनलाई भेन्टिलेटरमा […]

खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं, १७ भदौ । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र […]

काठमाडौं, ललितपुरसहित १२ जिल्लामा समुदायमस्तरमै कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयको भनाइ

काठमाडाैं । जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका छन्। स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताए। ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन […]

रौतहटमा एक युवकलाई कञ्चटमा गोली हानी हत्या

रौतहट । रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ। ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो। सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता भरत […]

फेरि निगमले बढायो पेट्रोल मूल्य

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार मध्यरातपछि लागू हुने गरी निगमले लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । यससँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको […]

मेयर शाक्यले होमआइसोलेसन बाटै जारी गर्यो यस्तो अपिल

भाद्र१६ ,काठमाडौँ। कोरना संक्रमण देखिएपछि होम आइसोलेसन बाटै काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले नगर वासीलाइ स्वास्थ्य मापदण्ड पुरा गरि सुरक्षित रहन अपुल गर्नु भएको छ। सोमबार कोरना पोजेटिभ रिपोर्ट पाइएपछि मेयर शाक्यले आफु स्वस्थ र उच्च मनोबलका साथ् नगरबासी प्रतिको जिम्मेवारीमा निरन्तर रहिरहेको अपिल मार्फत बताउनु भएको छ। मेयर शाक्यले नगरबासीमा गरेको अपिल […]

काठमाडौं उपत्यकामा ४८१, देशभर अहिलेसम्मकै बढी १०६९ नयाँ संक्रमित थपिए

काठमाडौं, १६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ४८१ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडाै जिल्लामा सबैभन्दा बढी काेराेना संक्रमित थपिएका छन् । साथै देशभर मंगलबार सबैभन्दा बढी १०६९ जना काेराेनाका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका उपत्यकामा भेटिएका ४८१ नयाँ संक्रमित मध्ये काठमाडौं जिल्लामा ३९३, ललितपुरमा […]