उपत्यकामा एक साता अझै कर्फ्यू जारी राख्ने निर्णय

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठकले कर्फ्यूकाे समय थप एक साता लम्ब्याउने निर्णय गरेकाे छ । गृह मन्त्रालयसँगको सल्लाह र सुझावपछि कर्फ्यू लम्ब्याइएकाे बताइएको छ।

सुरुमा भदाै ३ गतेदेखि जारी गरिएकाे निषेधाज्ञाको समय यसअघि पनि एक हप्ताका लागि भनेर थप गरिएकाे थियाे । कोरोना भाइरसको संक्रमण नराेकिएकाे भन्दै उपत्यकामा थप एक साता लम्ब्याउने निर्णय गरिएकाे बताइएकाे छ ।

पहिलोपटक सात दिनका लागि लगाइएकामा भदौ १० गते फेरि एक साता लम्ब्याउने निर्णय भएको थियो। यसअघि निषेध गरिएका क्षेत्रलाई निरन्तरता दिइएको पनि गृहस्रोतले उल्लेख गरेको छ।

यसअघि काठमाडौँ उपत्यकाका मेयरहरुको संयुक्त बैठकले उपत्यकामा कम्तीमा थप दुई साता कर्फ्यूसम्म लगाउन प्रजिअहरुलाई सुझाव दिएका थिए।

Loading...