खुकुरी प्रहार गरी छिमेकी ५० वर्षीया महिलाको हत्या 

गाईघाट, २७ भदाै । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा शनिबार बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ। सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको […]

नारायणगढको वडा प्रहरी कार्यालयमा कार्यरत २६ जना प्रहरीमा कोरोना

चितवन, २७ भदाै । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो। बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना […]

एमसीसीका दलालहरुले मलाई बदनाम गर्न लागेः भीम रावल

काठमाडौं, २७ भदौ । अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पारित गराउन लागिपरेकाहरुले आफूलाइ बदनाम गर्न कुप्रचार गरेकाे भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले त्यसप्रति आपत्ती जनाएका छन् ।  नेता रावलले ती मान्छेहरु एमसीसीका दलालहरु भएकाे पनि दावी गरेका छन् । ट्वीटरमा एक पाेष्ट जारी गर्दै नेता रावलले आफूले मिलेनियम च्यालेन्ज […]

३५ लाखमा कछुवा विक्री गर्ने तयारी गर्दैगर्दा पाँच जना पक्राउ

काठमाडौँ, २७ भदाै । प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन्। विशेष […]

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही

काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी कूल पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो। काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड […]

आज फेरि १२०१ जनामा देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं, २७ भदौ । आज फेरि नेपालमा १२०१ जना काेराेना संक्रमित थपिएका छन् । शुक्रबार १४५४ जना संक्रमित देखिएकाेमा आज शनिवार १२०१ जनामा संक्रमण पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०१७६ नमूना परीक्षण गरिएकाेमा उल्लेखित संख्यामा पाेजिटिभ देखिएकाे जनाएकाे छ । नेपालमा यससँगै कूल संक्रमितको संख्या ५३१२० पुगेको छ । त्यसमध्ये […]

पाँच हजार मिटर अग्लो स्थानमा निर्माण भयो १०८ सिंढीको भ्यूटावर

हुम्ला । हुम्ला जिल्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर अग्लो स्थानमा १०८ वटा सिंढी भएकाे भ्यूटावर निर्माण गरिएको छ । प्राकृतिक रुपमा रहेको भिमदुलामा बनेकाे यस भ्यूटावरबाट सबैतिर अवलोकन गर्न अब सहज हुने भएको छ । महाभारतकालीन पाँच पाण्डवमध्ये एक सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । जब पाण्डवहरु बाह्र वर्ष वनवास र एक […]

नेपालको सबैभन्दा ठूलो वार्डमा पौने दुई करोडको सिंचाई कुलो सम्पन्न

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको वार्ड नं ६ लिमीमा वर्षको एक पटक मात्र बालीनाली पाक्ने गर्छ तापनि यहाँका लागि सिंचाई अनिवार्य देखिन्छ । यही कुरालाई ध्यानमा राखेर हालै पौने दुई करोडमा तीन वटा सिंचाई आयोजना सम्पन्न भएका छन् ।  हुम्लाको नाम्खा गाउँपालिकाको वार्ड नं ६मा पर्ने लिमी नेपालको सबभन्दा ठूलो वार्ड पनि हो । यहाँ […]

कोरोनाले केन्द्रीय कारागारका ५ कैदीबन्दीको मृत्यु, जेलमा रहेका २३१ जना संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण केन्द्रीय कारागारमा हालसम्म पाँच जना कैदीबन्दीको मृत्यु भएको छ। कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाका अनुसार ४०, ५८,६०, ६४ र ६९ वर्षका कैदीबन्दीको कोरोनाका कारण ज्यान गएको छ। भदौ १९ गते कारागारमै मृत्यु भएका ६९ वर्षीय पुरुषको चार दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। बास्कोटाले मृतक सबैमा अन्य दिर्घरोग रहेको बताए। ‘कसैमा […]

केपी ओली र प्रचण्डको प्रस्ताव विरुद्ध माधव नेपालले ल्याए १७ बुँदे प्रस्ताव (१७ बुँदेसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ बहस सुरु गरेका छन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेश गरेको १५ बुँदे प्रस्तावमाथि वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नाे १७ बुँदे नयाँ टिप्पणी प्रस्तुत गर्दै बहस सुरु गरेका हुन्। स्थायी समितिकाे […]