मेलामा दुई समूहबीच ग्याङ फाइट, १ को मृत्यु १२ घाइते

काठमाडौं, १६ मंसिर । बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । झडपमा परी मृत्यु हुनेमा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादव रहेका छन् । स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण […]

काठमाडौँका विद्यालय खोल्ने बारे मेयर फोरमको योजना यस्तो छ

मङ्सिर १६ मङ्सिर , ललितपुर । काठमाडौँ उपत्यका मेयर फोरमको निर्णयपछि अनुकूल समय हेरी काठमाडौँ उपत्यका भित्रका विद्यालय खोल्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र अनुकुलता हेरी विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो । जाडो समयमा कोभिड भाइरस बढी समय […]

विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानि लिने कार्यमा संलग्न रही फरार ब्यक्ति पक्राउ

काठमाडौँ। कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाण्डौ समेतबाट विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानि लिने कार्यमा संलग्न रही फरार ब्यक्ति पक्राउ परेका छन्। अपराधिक समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याउने कार्यमा संलग्न रहेको अभियोगमा […]

पोर्चुगल पठाईदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

  काठमाडौँ। पोर्चुगल पठाईदिन्छु भनि विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले आइतबार शिव नारायण चौधरीलाइ ठगि गरेको आरोपमा काठमाडौँ सुनधारा बात पक्राउ गरेको हो। वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई राहदानी समेत लिई विभिन्न व्यक्तिबाट १६ लाख २५ हजार समेत लिएका अनुशन्धान बात खुल्नएको महाशाखाले जनाएको […]

काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन विकास गर्न आवश्यक

  मङ्सिर१६, कास्की । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन् । पोखरा महानगरपालिका अवलोकन भ्रमणका क्रममा कामपाका प्रमुख शाक्यले काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनको काम गर्न सके यस व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका हुन् । शाक्यले […]

वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौँ । वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । १९ नोभेम्बर २०२० तारिख का दिन वल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो । उक्त समाहरोहमा वल्डलिंक कम्यूनिकेशन्स लिमिटेडले नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो […]

पशुपतिनाथको मन्दिर पुस बात सर्वसाधारणका लागि खोलिने

काठमाडौँ। कोराना महामारीका कारण चैत्र महिना बात बन्द गरिएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । संक्रमण बार सावधानी अपनाउने गरि भौतिक दूरी कायम तथा स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नौ महिना पछि खोलिने पशुपतिनाको मन्दिर प्रवेश गर्न भक्तजनले […]

नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

काठमाडौं, १५ मंसिर । कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक […]

२४ घन्टामा ९९११ नमूना परिक्षण हुँदा १४७४ नयाँ संक्रमित भेटिए

काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो […]

तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि बैतडीका शिक्षक आन्दोलित भएका छन् । बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी […]