विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानि लिने कार्यमा संलग्न रही फरार ब्यक्ति पक्राउ

काठमाडौँ। कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाण्डौ समेतबाट विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानि लिने कार्यमा संलग्न रही फरार ब्यक्ति पक्राउ परेका छन्। अपराधिक समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याउने कार्यमा संलग्न रहेको अभियोगमा महानगरीय अपराध महाशाखाले आइतबार स्वयम्भुबात खम्बा घलेलाइ पक्राउ गरेको हो। 


२०७६।०६।०७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा रु. ४९,५०,०००।– रकमान्तर भएको रकमबाट रु .९,५०,०००।– भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु. २०,००,०००।– को चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिहरुको समुहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि जम्मा रु. ४,८८,४६,०००।– रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याएको भन्ने सूचना प्राप्त हुन आई यस महाशाखाबाट उक्त घटनाको अनुसन्धान गर्दा मिति २०७६।०६।०७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी निजहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाण्डौ पठाईएको थियो । संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि निजलाई सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाईएको महाशाखाले जनाएको छ ।

Loading...