पशुपतिनाथको मन्दिर पुस बात सर्वसाधारणका लागि खोलिने

काठमाडौँ। कोराना महामारीका कारण चैत्र महिना बात बन्द गरिएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । संक्रमण बार सावधानी अपनाउने गरि भौतिक दूरी कायम तथा स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नौ महिना पछि खोलिने पशुपतिनाको मन्दिर प्रवेश गर्न भक्तजनले निश्चित नियेम पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिएका छन् । उनका अनुसार मन्दिर प्रवेश गर्न र निस्कन दुइ छुट्टा छुटै ढोका छुट्याइ व्यवस्था मिलाइने भएको छ । भक्तजन प्रशाद तथा चन्दनका लागि छिट्टै ब्यबस्था मिलाइने गरि तैयारी भैरहेको कोषले जनाएको छ।

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो । बन्द रहदै आएको मन्दिर दर्शन गर्ने दर्शनार्थी भक्तजनले बाहिर रहेको गेटमानै पुजा आज्ञा गर्दै आएका थिए।

Loading...