यसरी हुन्छ राष्ट्रिय सभामा मतदान, को को ले पाउँछन त मतदान गर्न ?

काठमाडौं, १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज (बुधबार) उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, […]

यस्तो बनाइदैछ सङ्घीय नेपालको कार्यकारी प्रमुखको भव्य संरचना

काठमाडौं, १० माघ । संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ । तर, यी तीनै तहबीच समन्वय गर्दै संघीय सरकारकै नेतृत्व गर्ने कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको कार्यालय कस्तो बन्दै छ ? संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ। तर, यी तीनै तहबीच समन्वय […]

सिमा मिचिनबाट बचाउन माग गर्दै सर्वोच्चमा मुद्दा दायर

नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेका हुन् । निवेदनमा सीमा रेखा कोर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ । सीमा […]

प्रचण्डले रास्ट्रिय सभामा पारे बादल र दिनानाथसहित १३ नेता : एकजना छान्न अझै सकस

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुन् । नेता शर्मा भने पूर्वमन्त्री तथा  पार्टीको […]

भारतीय नक्कली तेलका कारण नेपाली खानेतेल उद्योग संकटमा

मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल […]

प्रचण्डलार्इ आइलाग्यो अर्को ठूलो झमेला

काठमाडौं, ९ माघ । पार्टीभित्रका अनेक झमेला मिलाउदा मिलाउँदा हैरान भएका माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ अर्काे झमेला अाइलागेकाे छ । राष्ट्रिय सभाकाे निर्वाचनमा पार्टीका तर्फबाट ककसलार्इ उम्मेदवार बनाउने भन्ने झमेला उनीमाथि अाइलागेकाे हाे । जनतामा जान नसक्ने तर प्रचण्डकै वरिपरि लुतीपुती गरेर पद हत्याउन मरिहत्ते गर्ने र पद नपाए प्रचण्डलार्इ नै गाली गर्नेहरुकाे […]

एमालेमा फेरि कोमल वलीकै चर्चा, ओलीले कोमललार्इ बनाए राष्ट्रिय सभा सदस्यको उम्मेदवार

काठमाडौँ, ८ माघ । नेकपा एमालेमा फेरि काेमल वलीका बारेमा चर्चा चुलिएकाे छ । यसअघि दाङ जिल्लाबाट उम्मेदवार बनाउने एमालेले निर्णय गरेपछि उनकाे चर्चा ह्वात्तै बढेकाे थियाे । एमालेभित्रै उनकाे ठूलाे विराेध अाएपछि उनकाे उम्मेदवारी अन्तत: राेकिएकाे थियाे । उम्मेदवार बन्ने पाउने अाशाले नै काेमल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमालेमा प्रवेश गरेकाे अाराेप पनि उनीमाथि त्यतिबेला […]

सिलवालको बचाउ गर्दै एमालेले प्रहरी र सरकारलार्इ दियो कडा चेतावनी

काठमाडौँ, ९ माघ । इन्टरपाेलमार्फत रेड कर्नर नै जारी गरेर सरकारले धुइपताल खाेजि गरिएका पूर्व डिअाइजी नवराज सिलवालकाे नेकपा एमालेले बचाउ गरेकाे छ । स्थायी समितिले सिलवालकाे बचाउँ गर्दै एमालेले सरकार र नेपाल प्रहरीलार्इ समेत कडा चेतावनी समेत दिएकाे छ । सिलवाललार्इ पक्राउ गर्न सरकार निरन्तर लागिरहेकाे भए पनि एमालेले पहिलाे पटक अाधिकारिक धारणा सार्वजनिक […]

नेपाल सरकारको सानो कमजोरीका कारण जापानको रोजगारी गुम्ने खतरा पुग्यो

काठमाडाैं, ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, […]

सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

काठमाडौं, ८ माघ । ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नाेटिस जारी गरेकाे छ । देशभित्र व्यापक खाेजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपाेल मार्फत रेड कर्नर नाेटिस जारी गरेकाे हाे । नेपाल प्रहरीका पूर्व डिअार्इजी समेत रहेका सिलवालले आईजीपी बढुवा विवादमा सर्वोच्च अदालतमा […]