एमालेमा फेरि कोमल वलीकै चर्चा, ओलीले कोमललार्इ बनाए राष्ट्रिय सभा सदस्यको उम्मेदवार

काठमाडौँ, ८ माघ । नेकपा एमालेमा फेरि काेमल वलीका बारेमा चर्चा चुलिएकाे छ । यसअघि दाङ जिल्लाबाट उम्मेदवार बनाउने एमालेले निर्णय गरेपछि उनकाे चर्चा ह्वात्तै बढेकाे थियाे । एमालेभित्रै उनकाे ठूलाे विराेध अाएपछि उनकाे उम्मेदवारी अन्तत: राेकिएकाे थियाे । उम्मेदवार बन्ने पाउने अाशाले नै काेमल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमालेमा प्रवेश गरेकाे अाराेप पनि उनीमाथि त्यतिबेला लागेकाे थियाे । उम्मेदवारी नपाएपछि उनी राप्रपामै फर्कन लागेकाे चर्चा पनि त्यतिबेला अायाे । ती सबै हल्लाका बाबजुत काेमल एमालेमै रहिन । अहिले अाएर उनलार्इ एमालेले राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेका केही बरिष्ठ नेताहरुलार्इ पछाडि हटाएर काेमललार्इ राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बनाइएकाे हाे । एमाले स्थायी समितिको सोमबारको बैठकले ओलीलाई प्रदेश नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । चर्चित गायिका तथा समाचारवाचिका ओली केही महिनामात्रै एमालेमा प्रवेश गरेका थिइन् । उनी दाङ जिल्लाकी हुन् ।

प्रदेश नम्बर ५ बाटै चर्चित युवा नेता खिमलाल भट्टराईलाई एमालेले राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी प्रदेश नम्बर ६ बाट एमालेका नेता गोरखबहादुर बोगटीकी धर्मपत्नी कविता बोगटीले महिलातर्फबाट राष्ट्रियसभा उम्मेदवार बन्ने मौका पाएकी छिन् ।

एमालेकै उपाध्यक्ष एवं प्रदेश नम्बर ६ का इन्चार्ज युवराज ज्ञवाली राष्ट्रियसभा उम्मेदवार बन्न पाएनन् । विद्यार्थी आन्दोलनबाट उदाएका अर्का चर्चित नेता ठाकुर गैरेले पनि टिकट पाएनन् । एमालेकै नेता बेदुराम भुसाल र भानुभक्त जैसीले पनि यसपटक संसद टेक्न नपाउने भएका छन् ।

Loading...