डोकलामबाट भारतले सेना नहटाए काश्मिरमा सेना पठाउने चीनको चेतावनी

काठमाडौं, १३ साउन । दुई देशको सीमा विवादमा भारत अगाडि आएको भन्दै चीनले कश्मिरमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ । चीनले भुटानसँगको सीमा विवादमा तेस्रो मुलुक भारत निहु खोज्न डोकलाममा आएको भन्दै अहिलेसम्मकै कडा चेतावनी दिएको हो । चीनले भारतकै नीति उसकैको लागि घातक रहेको समेत बताएको छ । चिनियाँ सरकार पत्रिका ग्लोबल टाइम्सका […]

लालुका बाबु–छाेराकाे घरमा छापा मारेलगत्तै किन दिए नितिशले राजिनामा

काठमाडाै‌ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन् । नीतीशले बुधबार साँझ गभर्नर केशरीनाथ त्रिपाठीसमक्ष राजीनामा दिएका हुन् । राजीनामाको स्पष्ट कारण खुलेको छैन । गठबन्धनमा विवाद देखिएपछि राजीनामा दिन बाध्य भएको उनले संकेत गरेका छन् । बिहारको स्वार्थका लागि राजीनामा दिएको नीतीशले बताएका छन् । उनले आरजेडीका नेताहरूमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, […]

अमेरिकी प्रतिनिधि सभामा ट्रम्पका पक्षमा जम्मा ३ मत

US president Donald trump

काठमाडौं, ११ साउन । रुस र अमेरिकाबीचको विवाद झन् जटिल बन्दै गएको छ । रुसमाथि प्रतिवन्ध लगाउने विषयमा अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा भएको मतदानमा प्रस्तावका पक्षमा ठूलो बहुमत देखिएपछि दुर्इ देशको सम्बन्धमा झनै समस्या आउने देखिएको हो । अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा रुसमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा ४१९ मत खसेको छ भने प्रतिबन्ध […]

रुस, इरान र कोरियामाथि नाकाबन्दी लाउन अमेरिकी संसदमा मतदान हुँदै

वासिङटन, १० साउन । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो । त्यसैगरी रुसका बिरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षत्रेमा […]

भारतका नवनिर्वाचित राष्ट्रपति काेविन्दले लिए सपथ

नयाँ दिल्ली । नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिए । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए । सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार भएका […]

तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको चेतावनी

काठमाडौं, ४ साउन । भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले आफ्नो भूमीबाट सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएको छ । भारतले चिनियाँ भूभागमा सैनिक राखेको […]

क्याथोलिक बाल भजनमण्डलीमा शारीरिक दुव्र्यवहारको भएको पुष्टि

बर्लिन, ४ साउन । जर्मनीमा रहेको विश्व प्रसिद्ध रोगन्सबर्गर डोम्सपाट्जेन बालक गायन समूहमा ५४७ बालकलाई यौन तथा शारीरिक दुव्र्यवहार गरेको पुष्टि भएको मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । यसलाई जर्मनीको इतिहासमा क्याथोलिकको दुव्र्यवहारसम्बन्धी सबैभन्दा ठूलो प्रकरण भएको बताइएको छ । त्यहाँ केही दशकदेखि ‘डरको भरमा काम लिने प्रणाली’ अर्थात् शारीरिक तथा यौनहिंसाले प्रोत्साहन पाउने […]

उत्तर काेरियाले दक्षिणकाे वार्ता प्रस्तावकाे अझै जवाफ दिएन

सोल, ३ साउन । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावप्रति उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि सोमबार मात्र वार्ताको प्रस्ताव गरेको हो । तर मङ्गलबारसम्म यस विषयमा कुनै सहमति वा असहमतिबारेको प्रतिक्रिया उत्तरले दिएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता […]

जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या बढ्यो

टोकियो, ३ साउन । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेर ३४ पुगेको छ । गत जुलाई ५ मा अविरण वर्षापछि आएको बाढीपहिरोमा परी अरू सात जना अझै पनि हराइरहेको अधिकारीहरूले जनाएका छन् । सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्रभन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि […]

दक्षिण कोरियाली राष्ट्रपतिको उत्तर कोरियासँग शान्तिवार्ता प्रस्ताव । प्योङयाङले दिएन जवाफ

लामाे समयदेखि द्वन्द्वरत दुर्इ कोरियाबीचकाे सम्बन्ध सुदृढ गर्न भन्दै दक्षिण काेरियाका राष्ट्रपतिले उत्तर काेरियासँग वार्ताका लागि प्रस्ताव गरेका छन् । मंगलवार दक्षिण काेरियाले याे प्रस्ताव उत्तरलार्इ पठाएकाे हाे । नवगठित दक्षिण काेरियाली राष्ट्रपति मून जे इन ले दुबै देशले अाफ्ना सीमावर्ती क्षेत्रमा दुबै अधिक सैनिकीकरणकाे अन्त्यका लागि वार्ता गर्नु जरुरी भएकाेले याे प्रस्ताव पठाइएकाे प्रतिक्रिया […]