बालिकाको ज्यान गएपछि ३५ लाखको सामान नाश, सर्पदंश उपचार केन्द्र बन्द

सर्लाही, २४ असार । सर्लाहीको लालबन्दी- १नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सोमबार सर्पले डसेकी बालिकाको उपचारको क्रममै मृत्यु भएपछि तोडफोड भएको छ । केन्द्रको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित भीडले तोडफोड गरेको हो । हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदालाई सोमबार साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा […]

गृहमन्त्रीको गम्भीर खुलासा: भन्छन्, स्थानीय जनप्रतिनिधिकै ‘सुराकी’मा कुमार पौडेल मारिएका हुन्

काठमाडौँ, २४ असार । सर्लाहीमा प्रहरीको गोली लागेर हत्या गरिएका विद्रोही नेकपाका नेता कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा मारिएको गृहमन्त्री रामबहादुर थापाले खुलासा गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल कसरी मारिए भन्ने बताए । सो क्रममा उनले […]

असार जान लाग्दा समेत सर्लाहीमा रोपाई हुन सकेन

सर्लाही, २३ असार । असार महिनाको अन्तिम भैसक्दा पनि सर्लाहीमा रोपाई हुन सकेको छैन । समयमै वर्षा नभएपछि यो वर्ष रोपाई हुन नसकेको हो ।  जिल्लाका उत्तरी क्षेत्रमा आकाशे पानीको भरमा रोपाई गरिन्छ भने दक्षिणी क्षेत्रमा आकासे पानीका साथै नहरको सिचाईबाट रोपाई हुने गर्दछ । यो वर्ष आकाशे पानीको भर परेका किसानहरु पानी नपरेपछि चिन्तित […]

दुवइबाट फर्केकै दिन युवति लिएर नयाँ बसपार्कको होटेलमा बसेका युवक मृत फेला

काठमाडौं, १८ असार । काठमाडाैंकाे बालाजुस्थित नयाँ बसपार्क नजिक हाेटेलमा एक युवक मृत फेला परेका छन् । मृत्यु हुने युवक काभ्रेका २६ वर्षीय प्रमाेद गुरुङ हुन । उनी नयाँ बसपार्ककाे शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत अवस्थामा फेला परेका हुन् । केही दिन अघि मात्र दुवइबाट नेपाल फर्केका गुरुङ एक युवतीसँगै उक्त हाेटलमा केही दिन […]

केपी र प्रचण्डले आलोपालो सरकार चलाउने सहमति पालना गर्न भिम रावलको माग

काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीका दुई अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लागु हुनुपर्ने माग गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले अध्यक्षद्वय केपी ओली र प्रचण्डकाबीच सरकारमा आलोपालो गर्ने सहमति भएको भए त्यो लागु हुनुपर्ने […]

संखुवासभामा २ इन्सपेक्टरसहित प्रहरीको विशेष कार्यदल परिचालन, के भिडन्त सुरु भएको हो ?

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिकाको हेयाङ्लामा प्रहरी र नेकपाका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको समाचार आएको छ । जिल्लाको सिलिङचोङ गाउँपालिका वार्ड नं. १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान सशस्त्र प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको बताइएको छ । दोहोरो भिडन्त भएको निहुँमा सरकारले सो क्षेत्रमा सोमवार […]

एसइइ परीक्षाफलमा फेरिपनि प्रश्न, हजारौ विद्यार्थीको नतिजा रातारात मिलाइयो

भक्तपुर, १३ असार । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजामा त्रुटी फेला परेको छ । अघिल्लो वर्ष परीक्षाफल परिमार्जन गरि प्रकाशित गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले यसपटक पनि परीक्षाफल प्रकाशनमा गल्ती गरेको पाइएको छ । विहीवार परीक्षाफल प्रकाशन गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले कतिपय परीक्षार्थीको एउटा विषय नै गायव गरेर परीक्षाफल प्रकाशित गरेको […]

कुमार पौडेलको अन्तिम सस्कारको तयारी, हत्यामा संलग्नहरुको पहिचान भएको परिवारको खुलासा

सर्लाही, ७ असार । नेत्र विक्रम चन्द’ विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला संयोजक कुमार पौडेल को शव परिवारले तीन दिन पछि शनिवार बुझेका छन । बिहीवार प्रहरीको गोली लागि ज्यान गुमाएका पौडेलको शव शनिवार उनका परिवारले जिल्ला अस्पताल मलंगवामा गएर बुझेका हुन् । सदरमुकाम मलंगवाबाट अहिले उनको शव बागमती-२ धरहरास्थित निवासमा ल्याउने काम […]

गुपचुपमा २३ दिनमै खरिद नियमावली फेरि संशोधन, ठूलो आर्थिक चलखेलको आशंका

Singhdurbar

काठमाडौं, २७ जेठ । भ्रष्टाचारको मुद्दा चलिरहेका ठेकेदारहरुलाई ठेक्का प्रक्रियामा सहभागी हुन नसक्ने गरी संशोधन गरिएको सार्वजनिक खरिद नियमावली गोप्य रुपमा पुनः सच्याइएको छ । यसअघि सरकारले सार्वजनिक खरिद नियमावलीमा छैटौ संशोधन गरेको थियो । तर, २३ दिन नबित्दै सरकारले सातौ संशोधन गरेको छ । छैटौ सशोधन गरिएको २३ दिन पनि नबित्दै भित्रभित्रै गुपचुप रुपमा […]

लोकसेवाले निकालेको ९ हजारको दरवन्दी रद्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २७ जेठ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पूर्ती गर्न निकालेको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन गरेको छ । आयोगले अहिलेसम्मकै बढी ९ हजार कर्मचारी पूर्ती गर्नका लागि विज्ञापन खोलेको थियो । आयोगको विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नभएको भन्दै समितिले रद्द गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु […]