सेन्सरले रोक्यो राजागंज

न्यूजकारखाना, काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो ।  सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको […]

फागु अर्थात् होली विधिवत् रूपमा सुरु

काठमाडौ । फागु अर्थात् होली विधिवत् रूपमा सुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात भएको हो । बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको हो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । परम्परा […]

मिस नेवाका विजयीहरुलाई सगुन प्रदान

२०८१ फागुन १५, काठमाडौं । मिस नेवा २०८१ को विजयीहरुलाई सगुनसहित रात्रीभोजको आयोजना मङ्गलबार तपस होटलमा सम्पन्न भयो । गत २०८१ फागुन ४ गते नेवार भाषा, कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै मिस नेवा फिनालेको आयोजना सम्पन्न भएको थियो । सो फिनालेमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ नगद पचास हजार राशिसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित […]

थानेश्वर गौतमको आवाजमाः महेश्वर पन्तको ‘म त परेँ प्यारमा’

१८ माघ शुक्रवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास संस्कृति समितिका संयोजक साहित्यकार, गीतकार, संगीतकार महेश्वर पन्तको म त परेँ प्यारमा गजल भोलि अर्थात् ३१ जनवरी २०२५ शुक्रवार सार्वजनिक भएको छ । यस गीतमा उत्कृष्ट नृत्य गरी भिडियो पोस्ट गर्ने कलाकारहरूलाई छनौट गरी प्रथम हुनेलाई नगद रु. २५००० पुरस्कार दिने र म्युजिक भिडियोमा मोडेलको रुपमा प्रस्तुत […]

महेश्वर पन्तको ‘म त परेँ प्यारमा’ भोलि सार्वजनिक हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास संस्कृति समितिका संयोजक साहित्यकार, गीतकार, संगीतकार महेश्वर पन्तको म त परेँ प्यारमा गजल भोलि अर्थात् ३१ जनवरी २०२५ शुक्रवार सार्वजनिक हुने भएको छ । यस गीतमा उत्कृष्ट नृत्य गरी भिडियो पोस्ट गर्ने कलाकारहरूलाई छनौट गरी प्रथम हुनेलाई नगद रु. २५००० पुरस्कार दिने र म्युजिक भिडियोमा मोडेलको रुपमा प्रस्तुत गरिने कुरा […]

सर्लाहीको घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार  साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो । तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल […]

मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने

  भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने भएको छ। महोत्सवको उद्घाटन शुक्रबार बिहान साढे ९ बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा गर्ने कार्यक्रम छ। नगर प्रमुख तथा महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार महोत्सवको तयारी पूरा भइसकेको छ।   यस महोत्सवले […]

नर्थ क्यारोलिनामा घन्किए महेश्वर पन्त

नर्थ क्यारोलिना, अमेरिका। नर्थ क्यारोलिना साहित्यिक समाज तथा अनेसास नर्थ क्यारोलिनाको सयुंक्त आयोजनामा आयोजन गरिएको  साहित्यिक कार्यक्रम बिच साहित्यकार तथा कवि महेश्वर पन्तको एकल कविता वाचन कार्यक्रम गरिएको थियो। यही अक्टोवर महिनाको पाँच तारिख शनिवार २०२४, नर्थ क्यारोलिनाको मोरिसभिलमा सम्पन्न उक्त साहित्यिक तथा कविता वाचन कार्यक्रम अनेसास नर्थ क्यारोलिनाका अध्यक्ष शिखर दुलालको सभापतित्वमा सम्पन्न भएको […]

सेन्ट्रल कलेजमा दशैँ उत्सव (फोटो फिचर)

काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा विद्यार्थीहरुले शिक्षकहरुबाट टीका र आशीर्वाद लिएका छन् भने एक आपसमा शुभकामना साटासाट गरे । उत्सवको प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता  रहेको थियो । प्रतियोगितामा […]

“भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियो सार्वजनिक

२०८१ भदौ २५, काठमाडौं । हेम-सरिता पाठक फाउन्डेसनले आज फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गरेको भ्रष्टाचारविरुद्धको गीत “भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको सार्वजनिक गर्‍यो । फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्यमार्फत् अतिथिहरूको स्वागत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि लोकपृय कलाकार मदनकृष्ण श्रेष्ठ र नेपाल सरकारका पूर्व मुख्यसचिव लीला गड्तौला थिए […]