कोरोना भाइरसका कारण मृत्यु हुनेको १६ सय ६५ बढि, दुई हजार बढि नयाँ विरामी

बेइजिङ, ४ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ बढि पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका […]

कोरोना भाइरसको त्रासका कारण हुबेई प्रान्तका ६ करोड मानिस घरभित्रै बन्दी

बेइजिङ, ५ फागुन । कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल चीनको हुबेई प्रान्तका ६ करोड मानिस लामो समयदेखि घरभित्रै बन्दी भएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि त्यहाँको सरकारले घर बाहिर ननिस्कन भनेपछि हुबेईका बासिन्दा घरभित्रै कैदी जस्तै भएर बस्न वाध्य भएका हुन् । तर आपतकालीन अवस्थामा भने घरबाहिर निस्कन पाइने भनिएको छ । यस्तै […]

क्यारेन्टाइनमा पुगेका नेपालीले भने घर फर्किनुको खुसी व्याख्या गर्न सकिँदैन,

भक्तपुर, ४ माघ ।  चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरस कोभेड-१९० को महामारी पछि नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । क्यारेन्टाइनमा पुगेका नेपालीले घर फर्कन पाउँदाको खुसी व्यक्त गर्न नसकिने बताए । उनीहरुले बासोबासका लागि सरकारले राम्रो व्यवस्था गरेको भन्दै धन्यवाद दिएका […]

वुहानबाट उद्धार गरिएका १७५ नेपाली बिना अवरोध आइपुगे भक्तपुर

भक्तपुर, ४ फागुन चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरस कोभेड-१९० को महामारी पछि नेपाल फर्कन चाहेका १७५ जना नेपालीलाई सरकारले उद्धार गरी आइतवार बिहान भक्तपुरस्थित क्वारेन्टाइनमा ल्याएको छ । आफ्ना नागरीक उद्धार गर्न नसकेको चर्को आलोचनाका बीच आइतवार उनीहरुलाई उद्धार गरी भक्तपुर ल्याइएको हो । यसअघि वुहानबाट ल्याइने नेपालीलाई राख्ने निर्णय भएदेखि नै […]

योग्यता र दक्षता नपुगेकाले एघारौं तहमा चिकित्सक बढुवा स्थगित

काठमाडौ, २ फागुन । एघारौं तहको बढुवाका लागि दुई समुहमा आवेदन माग भएकामा दुवैमा योग्यता र दक्षता नपुगेकाले योग्य उम्मेदवार छनौट गर्न नसकेको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ । प्रमुख कन्सल्टेण्ट मेडिकल अंकोलोजिष्टका लागि परेको आवेदनमा न्यूनतम सेवा अवधि ३ वर्ष नपुगेको र प्रमुख कन्सलटेण्ट प्लाष्टिक सर्जनका लागि आवश्यक शैक्षिक योग्यता नपुगेकाले बढुवा स्थगित […]

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघ्यो

एजेन्सी, कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको एक समाचारमा बताइएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा ज्यान […]

कोरोना भाइरस संक्रमणको त्रासलेबसाइँ सर्ने तयारीमा खरिपाटीवासी

काठमाडौँ, १ फागुन । नेपाल सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन्। स्थानीयका […]

भोलि देखि करिब ३० लाख बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउँदै

काठमाडौं, २९ माघ। सरकारले भोलि देखि २ महिनासम्म नेपालका करिब ३० लाख बालबालिकालाई दादुरा र रुवेला रोगविरुद्धको खोप लगाउँदैछ । पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश १, २ र ५ का बालबालिकालाई खोप लगाउने र दास्रो चरणमा चैतमा बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो अभियान सञ्चालन हुनेछ । सबै स्थानीय तहसँग समन्वय गरी खोप अभियान सञ्चालन […]

कोरोनाले संक्रमित ४७४० जना उपचारपछि डिस्चार्ज

काठमाडौं, २९ माघ । कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय १३ पुगिसकेको छ। मंगलबारसम्म चीनमा यो भाइरसबाट संक्रमित हुने ४४ हजार ६ सय ५३ पुगेका छन्। त्यसैगरी, हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमित व्यक्ति फेला परेका छन्। चीनमा कुल संक्रमितमध्ये ४ हजार ७ सय ४० जना बिरामीलाई उपचारपछि डिस्चार्ज […]

सिन्धुपाल्चोक गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

सिन्धुपाल्चोक, २९ माघ । को जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए । उनका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको […]