कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

काठमाडौं, १९ फागुन । नोभेल कोरोना ९कोभिड–१९० भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । गत डिसेम्बरबाट चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिसकेको छ । कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

चीनमा सबैभन्दा बढि दुई हजार ९१२ जनाको ज्यान गएको छ । चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्रिन्सेसमा ७ जनाको मृत्यु भएको छ । यस्तै, फ्रान्स, अमेरिका र हङकङमा दुई र दुई जनाले ज्यान गुमाएका छन् ।

थाईल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो र फिलीपिन्समा एक/एक जनाको मृत्यु भएको छ । ८९ हजारमा कोरोनाको संकेत देखिएको छ । जसमध्ये ४५ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् ।

Loading...