पेप्सिकेलाकाे सनसिटीका एक व्यक्तिमा फेरि देखियाे काेराेना

काठमाडौं, २३ वैशाख । काेराेना लागेर अस्पताल भर्ना भइ घर फर्केका एक जनामा फेरि काेराेना देखा परेकाे छ । काठमाडाैंकाे पेप्सीकाेलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक व्यक्तिमा फेरि काेराेना भाइरस देखा परेकाे हाे । केही दिन अघि मात्र ती व्यक्तिमा काेराेना भेटिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेप्सिकोलाकाे सिनसिटी अपार्टमेन्टका ५२ वर्षका […]

नेपालगञ्जमा भेटिए एकैदिन १५ कोरोना संक्रमित

नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन १५ जना काेराेनाका संक्रमित फेला परेका छन् । यसअघि ६० वर्षीय एक व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । तिनै व्यक्तिका सम्पर्कमा रहेकाहरुकाे परिक्षण गर्दा १५ जनामा संक्रमण भएकाे पत्ता लागेकाे हाे । मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने नेपालगञ्ज नगरपालिका वडा नम्बर ७ […]

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने प्रदेश सरकारको घोषणा

कास्की । गण्डकी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना सङ्क्रमितको प्रत्यक्ष स्वास्थ्यमा खटिनेलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न पाँच निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। बैठकले प्रदेश विकास परिषद्को पहिलो बैठकले प्रथम पञ्चवर्र्षीय योजना स्वीकृतिका निम्ति सिफारिस गरेकामा त्यसलाई स्वीकृतको गरेको छ। त्यसैगरी कोरोना […]

कोरोनाबाट विश्वमा संक्रमितको संख्या नाघ्यो ३० लाख

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारी अमेरिकासहितका अधिकांश देशमा उच्चतह पुगेर ओरालो लागे पनि संक्रमित र मृत्यु हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ । विश्वमा अहिलेसम्ममा संक्रमितको संख्या ३० लाख ३६ हजार भन्दा बढी पुगेको छ । यस्तै विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १० हजार नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयलको कोरोना […]

भोजपुर, धनुषा र उदयपुरमा थप कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमणको दर बढ्दो

काठमाडौं । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए । आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा […]

कोरोनाविरुद्ध पत्ता लाग्यो खोप, बेलायतमा परिक्षण खोप लगाउन सुरु

काठमाडौं । युरोपमा कोरोना भाइरसविरुद्धको खोपको मानवमा पहिलो परीक्षण सुरु भएको छ। बेलायतको अक्सफोर्डमा यो खोप मानिसमा लगाउन सुरु गरिएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसका लागि स्वस्फूर्त रूपमा तयार भएका दुई जनालाई खोप लगाइसकिएको छ भने ८ सय जनाभन्दा बढी मानिसले खोप लगाउने सूचीमा नाम लेखाएका छन् । तीमध्ये आधालाई मात्र कोरोना भाइरसविरुद्धको परीक्षण […]

केन्द्रीय कारागार अस्पतालमा कार्यरत २ नर्सको आरडिटी पोजिटिभ, पीसीआर रिपोर्ट भने नेगेटिभ

काठमाडौं, १० वैशाख । आरडिटी परिक्षणको रिपोर्ट पोजिटिभ देखिएका केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुइ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस संक्रमण भएको आशंकामा मंगलबार दुबै जनालाइ टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरुको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ देखिएको टेकु अस्पतालले जनाएको छ । सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना […]

केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटी टेस्ट कोरोना पोजिटिभ

काठमाडौँ, ९ बैशाख ।  केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई काेराेना पाेजिटिभ देखिएकाे छ । उनीहरुकाे आरडिटी गर्दा परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हाे । अहिले  उनीहरु दुबै जनाको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]

काठमाडौँ महानगरको ३२ सै वडामा कोरना र्यापिड टेस्ट परिक्षण शुरु

    काठमाडाैं, ६ बैशाख । काठमाडौँ महानगरपालिकाले नगरका सबै वडामा कोरना (कोविड १९) को र्यापिड टेस्ट परिक्षण सेवा सुरु गरेको छ । महानगरपालिकाले ३२ सै वडामा यस्तो परिक्षण सुरु गरेकाे हाे । महानगरपालिकाले पहिलो प्राथमिकतामा विदेशबाट केहीसमय अगाडि आएका ब्यक्तिलाइ दिएर परिक्षण गर्न थालेकाे छ ।    मेयर विद्यासुन्दर शाक्यले शनिवार महानगरकाे २३ वडा […]

फ्रान्सबाट फर्कदा कोराना लागेकी युवती टेकु अस्पतालबाट निको भएर डिस्चार्ज भइन

काठमाडौं, ६ बैशाख । फ्रान्सबाट भियतनामकी साथीसँग फर्कदा काेराेना भाइरस संक्रमित भएकी काठमाडौँकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन्। काठमाडौँको मैतीदेवी घर भएकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ टेकुमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार डिस्चार्ज भएकी हुन्। अस्पतालले उनकाे सबै रिपोर्ट नेगेटिभ भएपछि […]