चैत्र ३० ,काठमाडौँ । कोरोना संक्रमणबात सुरक्षित राख्न मुलुककै ठुलो अस्पताल बीरअस्पतालमा सेनिटाइजिंग बुथ राखिएको छ । आइतबार मारवाडी युवा मंचले प्रविधि युक्त सेनिटाइजिंग बुथ शहर्री बिकाश राज्य मन्त्रि रामबिर मानन्धर ,काठमाडौँ महानगर पालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तथा बीर हस्पतालका निर्देशक केदार सेन्चुरी लाइ उक्त बुथ हस्तान्तरण गरिएको छ । […]
स्वास्थ्य
घर फर्कनुअघि स्वास्थ्य जाँच गर्न भनेर आफै अस्पताल पुगेका थप तीन जनामा कोरोना पुष्टि
वीरगञ्ज, ३० चैत । नेपालमा थप तीन जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे देखिएकाे छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज स्थित एक मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराना संक्रमितकाे संख्या १२ पुगेकाे छ । विरगञ्जमा भेटिएका तीन जनाकाे नमूना दुइ पटक परिक्षण गरेर उनीहरुमा काेराेना भाइरस […]
इटालीलाई उछिनेर कोरोनाबाट ज्यान गुमाउने संख्या अमेरिकामा बढी
काठमाडाैं । विश्वमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेकाे संख्या पनि सबैभन्दा बढी पुगेकाे छ । अमेरिकामा काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ । शनिबार एकै दिन १८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो । […]
प्रतिबन्ध खुकुलो पार्न हतार नगर्न विश्वस्वास्थ्य संगठनको चेतावनी, संक्रमणको पुनरावृत्ति भयानक हुनसक्ने
काठमाडाैं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु पर्ने बताएका छन्। प्रतिबन्धका कारण आर्थिक समस्या या संकट आउने भए पनि त्यसले […]
२४ घन्टामा नयाँ कोरोनाका संक्रमितको संख्या शुन्य
चैत १८ ,काठमाडौँ । स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा कुनै नयाँ कोरोना संक्रिमित फेला नपरेको मंगल बार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यसैगरि कोरोनाको परिक्षण गरिएका वीर अस्पताल र पाटन अस्पतालमा ज्वरको उपचारमा रहेका बिरामीमा यस किसिमको कुनै भाइरस नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको छ । सोमबार वीर अस्पतालमा […]
दिल्लीको एक धार्मिक कार्यक्रममा भेटिए सबैभन्दा बढी कोरोना संक्रमित, १९ जना नेपाली पनि भेटिए
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ । उक्त धार्मिक कार्यक्रमा विभिन्न देशबाट धेरै ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । त्यसमध्ये १९ जना […]
यौन सम्पर्क गर्दा कोरोनाभाइरस सर्छ कि सर्दैन ?
के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। के कोरोनाभाइरस […]
कोरोनाले स्पेनकी राजकुमारीको निधन, राजकुमार पनि संक्रमित
काठमाडौं, १५ चैत । कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । […]
विश्व मानव जीवनको भविष्य अनिश्चित दिशातिर गइरहेको डब्लुएचओको चेतावनी, अहिलेको क्षति सुरुवात मात्र
काठमाडौं, १५ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीका कारण विश्वको भविष्य अनिश्चित दिशातिर गइरहेको बताएको छ । कोरोना (कोभिड–१९) भाइरसको महामारीको अहिलेको क्षति शुरुवात मात्र भएको बताउँदै डब्ल्यूएचओले कोरोना महामारीको धनजनको क्षति यतिमै रोकिने अवस्था नरहेको पनि जनाएकाे छ । विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरु मात्रै भएको बताउँदै डब्ल्यूएचओले बेलैमा […]
टेकु अस्पतालमा उपचाररत तीन कोरोनाका बिरामीको यस्तो छ अवस्था
काठमाडौं, १५ चैत । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको […]










