काठमाडौं । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए । आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा […]
स्वास्थ्य
कोरोनाविरुद्ध पत्ता लाग्यो खोप, बेलायतमा परिक्षण खोप लगाउन सुरु
काठमाडौं । युरोपमा कोरोना भाइरसविरुद्धको खोपको मानवमा पहिलो परीक्षण सुरु भएको छ। बेलायतको अक्सफोर्डमा यो खोप मानिसमा लगाउन सुरु गरिएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसका लागि स्वस्फूर्त रूपमा तयार भएका दुई जनालाई खोप लगाइसकिएको छ भने ८ सय जनाभन्दा बढी मानिसले खोप लगाउने सूचीमा नाम लेखाएका छन् । तीमध्ये आधालाई मात्र कोरोना भाइरसविरुद्धको परीक्षण […]
केन्द्रीय कारागार अस्पतालमा कार्यरत २ नर्सको आरडिटी पोजिटिभ, पीसीआर रिपोर्ट भने नेगेटिभ
काठमाडौं, १० वैशाख । आरडिटी परिक्षणको रिपोर्ट पोजिटिभ देखिएका केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुइ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस संक्रमण भएको आशंकामा मंगलबार दुबै जनालाइ टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरुको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ देखिएको टेकु अस्पतालले जनाएको छ । सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना […]
केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटी टेस्ट कोरोना पोजिटिभ
काठमाडौँ, ९ बैशाख । केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई काेराेना पाेजिटिभ देखिएकाे छ । उनीहरुकाे आरडिटी गर्दा परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हाे । अहिले उनीहरु दुबै जनाको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]
काठमाडौँ महानगरको ३२ सै वडामा कोरना र्यापिड टेस्ट परिक्षण शुरु
काठमाडाैं, ६ बैशाख । काठमाडौँ महानगरपालिकाले नगरका सबै वडामा कोरना (कोविड १९) को र्यापिड टेस्ट परिक्षण सेवा सुरु गरेको छ । महानगरपालिकाले ३२ सै वडामा यस्तो परिक्षण सुरु गरेकाे हाे । महानगरपालिकाले पहिलो प्राथमिकतामा विदेशबाट केहीसमय अगाडि आएका ब्यक्तिलाइ दिएर परिक्षण गर्न थालेकाे छ । मेयर विद्यासुन्दर शाक्यले शनिवार महानगरकाे २३ वडा […]
फ्रान्सबाट फर्कदा कोराना लागेकी युवती टेकु अस्पतालबाट निको भएर डिस्चार्ज भइन
काठमाडौं, ६ बैशाख । फ्रान्सबाट भियतनामकी साथीसँग फर्कदा काेराेना भाइरस संक्रमित भएकी काठमाडौँकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन्। काठमाडौँको मैतीदेवी घर भएकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ टेकुमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार डिस्चार्ज भएकी हुन्। अस्पतालले उनकाे सबै रिपोर्ट नेगेटिभ भएपछि […]
कोरोनाबाट विश्वमा मृत्यु हुने नाघे डेढ लाख, २२ लाख बढी संक्रमित
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाखभन्दा बढी तथा संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ। विश्वभरको कोरोना अपडेट गर्ने वल्र्वओमिटरको अहिलेसम्म (नेपाली समय शनिबार बिहान ६ः४७ बजे) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख […]
अमेरिकामा कोरोनाबाट मृत्यु हुने पुगे ३७ हजार बढी, संक्रमित ७ लाख नाघे
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ। नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ […]
पेप्सीकोलाका दुईजनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ ।पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा […]
काठमाडौंको एक अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोनाको आशंका, सबै अस्पताल भर्ना
काठमाडौँ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई […]









