पुष्पलाल

भँगेरीको यात्रापछि मन बदलिन्छ लुङ्ग्रीहरू नसा नसाभएर शिक्षा भएर उठ्छन् एकाविहानै पुष्पलाल भएर ! कम्मर कसेर काव्यिक यात्रामा भेलाभएकाहरू काव्य सुनाउन आतुर देखिन्छन् कविहरू ! काव्यिक मार्च गरेर दुनै , खारा र बेनीहरू हामीसँगै उठेकाछन् ! पहाड प्रहार गर्छ मुटुमा कठोर कुहिरा छिचोल्दै हाम्रो यात्रामा गुडिरहेछौँ सैपाल र घुर्चीका जँघारमा आँसु पगालेर प्यूँछौँ प्यास मेटाउन […]

भैरव अर्यालको भानुभक्तमाथिको झटारो- अमरावति कान्तिपुरी नगरी

Bhanubhakta Acharya

‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन’ स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी–पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले । उर्वशी– पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराको कसिएका निकै पुड्का […]

दुर्इ शताब्दीसम्म पनि भानुभक्त उत्तिकै चर्चित

काठमाडौं, २९ असार । अादिकवि भानुभक्त अाचार्यको स्मृतिमा देशभर २ सय ४ अाैं जन्मजयन्ती मनाइदैछ । दुर्इ शताब्दी लामो समयसम्म पनि कवि भानुभक्त उतिकै सशक्त छन र अाम नेपालीभाषी माझ चर्चित छन् । तनहुँकाे चुँदी रम्घामा जन्मिएका भानुभक्त नेपाली भाषा साहित्यका आदिकवि मानिन्छन । उनी वि.सं. १८७१ साल असार २९ गते उनकाे जन्म भएकाे थियाे […]

वरिष्ठ लोकगायक सापकोटा सम्मानित

Internet for study

काभ्रे, १८ असार । लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आभएका वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् । जुनकिरी साहित्य समाजको १५औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा नवराज लम्सालले शनिबार सम्मान गरे । सो अवसरमा लामो समयदेखि जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सापकोटाले […]

कालजयी महाश्वेता देवी

Mahasweta-Devi

महाश्वेता देवीको यो ‘ओविच्युअरी’ मैले लेख्नु नपरेको भए हुन्थ्यो । लेखिका महाश्वेता देवीले कोलकातामा यही जुलाई २८ मा अन्तिम सास फेरिन् । तर, ती सक्रियतावादी महिला ‘सधैँ बाँच्न’ चाहन्थिन् । हामीले जतिपटक मृत्युको कुरा गथ्र्यौं,उनी भन्थिन्, ‘म सधैँ बाँच्न चाहन्छु ।’ उनी आफ्ना साहित्यिक सिर्जनाको आफैँ मूल्यांकन गर्थिन् । कसैले प्रशंसा गर्‍यो भने उनी मन […]

डिग्री प्रकरणमा ‘आप’को हार

प्रधानमन्त्रीसित स्नातक र स्नातकोत्तर तहको डिग्री छैन भन्ने ‘आप’को कथित आरोप र सरकारका तर्फबाट उनका सर्टिफिकेटहरू देखाइनुले हामीलाई यस्तै प्रकारको अर्को एक घटनाको पनि सम्झना दिलाउँछ । सन् २००८ मा अमेरिकी राष्ट्रपति पदको चुनावका लागि अभियान सुरु हुनासाथ बाराक ओबामामाथि उनी नैसर्गिक रूपमा अमेरिकामा जन्मेका नागरिक होइनन् भन्ने आरोप लागेको थियो । आरोप लाग्नासाथ कैयौँ […]

पत्रकार पन्थी ‘डिभोर्स’काे डिबेटमा

पत्रकार नेत्र पन्थीद्वारा लिखित डिभोर्स बजारमा आएको छ । पत्रकार पन्थीले यसलाई जोड दिएर प्रचण्ड र बाबुरामको नामकरण गरेका छन् र साक्षीका रूपमा रक्तरञ्जित युद्ध सारथिका अन्तरंग कथा पनि भन्न भ्याएका छन् । विशेषत: ‘डिभोर्स’ पतिपत्नीका बीच हुने सामाजिक असमझदारीबाट पैदा हुने विषय हो । हाम्रो सभ्यतामा यसले सामाजिक र कानुनी मूल्यबाट वैधानिकता पाउनुपर्छ । […]

द फस्ट फाइभ एअर लास्ट फरेभर

सानो छँदा छिमेकीको घरमा भरखर जन्मिएको बाछो जिउ सुक्न नपाउँदै आमाको दुध चुस्न गएको देख्दा मलाई अचम्म लागेथ्यो । हैन यो बाछो त जन्मदै के सारो Talented ? – एक्लै बरबराएथेँ । यसलाई दुध खान कसले सिकायो ? मलाई त्यस बाछोको क्रियाकलापप्रति बडो उत्सुकता जागेर आएथ्यो । कस्तो अचम्म, आमाको पेटमा नि सबै कुरा सिकेर […]

कथा : नयाँ यात्रा

उसले हात हल्लायाे । मैले पनि हल्लाए हात ।  “बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति मात्र भन्याे । बाँकी त उसको मुहारले नै बताइरहेकाे थियाे । उसकाे […]

‘एन इभिनिङ इन लखनउ’

२०७० सालको कुरा हो । ५२३९ औं श्रीकृष्ण जन्माष्टमीको दिन । लखनऊको एक साँझ । म धर्मशालाको एउटा कोठामा बसेर पत्रिका पढिरहेको थिएँ । पत्रिकामा एकाग्र भएको मेरो ध्यान तोड्दै बाहिरवाट कुनै नारीको आवाज आयो । मैले ढोका खोले । बाहिर एउटी श्यामवर्णा नवयौवना उभिएकी थिइन । ”अंकलजी मोबाईलका चार्जर होगा ?“ मैले आफ्नो चार्जर […]