तिमी नै भन म के लेखौं?

खै के लेखौं, माया, विछोड, अपनत्व वा तिरस्कार, अभाव, पिडा, दुख वा चित्कार, वा देशप्रेम र राष्ट्रभक्तीका कथाहरू, तिमी नै भन म के लेखौं? असंख्य विषयको रासमाथि उभिएर, न त कुनै विषय नै छ लेख्नलाई बाँकी, न सोच्न सक्छ केही खाली दिमागले, यस्तै शुन्यता र अन्यौलमा वसेर, तिमी नै भन म के लेखौं? साउने झरीको […]

स्मृति बल्झिरहने घाउ सम्झि गजल लेखे

आफु जन्मि हुर्किएको गाँउ सम्झि गजल लेखे स्वर्गभन्दा पनि सुन्दर ठाँउ सम्झि गजल लेखे ।। सधैसधै याद आउने अतित अनि वालापनको स्मृति भई बल्झिरहने घाउ सम्झि गजल लेखे ।। काले आइजा खेलौ भन्थ्यो स्कुलपछि धनेले नि साथी भाईले बोलाउने नाँउ सम्झि गजल लेखे ।। बाउआमाको आँखा छल्दै करेसामा निस्किएर जुत्ता नलाई दौडिएको पाउ सम्झि गजल […]

फूलमा पनि त बिष हुन्छ होईन र

कोही कोही फूलमा पनि त बिष हुन्छ होईन र ? मिठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ? भन्न त तिमीले नि भन्छौ म छु सधै तिम्रो लागि तर आफ्नाबाटै छुरा रोप्ने कोशिस हुन्छ होईन र ? हुन त चोकचोकमै छन अहिंसाका पक्षपातीहरू यहाँ मन्दिरमै बली चढाउने साजिस हुन्छ होईन र ? सधै […]

तीन दशकपारि, एकल साँझमा उभिदै थकाली

पोखरा, १० साउन । ‘घर त पोखरा, तिम्रो पो सबै छन्, मेरो को छ र !’ जनजिब्रोमा झुण्डिने उक्त गीतका गायक वसन्त थकालीको पुख्र्याैली गाउँ हिमालपारिको जिल्ला मुस्ताङको ठिनी हो । तर उनी पोखरामै जन्मे हुर्के । पोखराको प्रकृति, संस्कृति र साथीसंगतले उनलाई गीत–संगीतप्रति डो¥यायो । त्यसैको प्रभावले उनी गायन क्षेत्रमा एकोहोरिए । विसं २०१६ […]

चापागाईंको नियात्रा ‘पानीको भाषा’ लोकार्पित

काठमाडौँ, ७ साउन । साहित्यकार पोषरमण चापागाईंको नियात्रा सङ्ग्रह ‘पानीको भाषा’ को यहाँ आज लोकार्पण गरियो । साहित्य सन्ध्याको मासिक शृङ्खलामा साहित्यकार प्रदीप नेपाल र साहित्यकार राम विनयले सो कृतिको लोकार्पण गरेका हुन् । साहित्यकार नेपालले नियात्राकारहरुका आफ्ना विशेषता हुने बताउँदै चापागाईंमा एकै नियात्रामा धैरै स्थानको वर्णन पाइने बताए । समालोचक निनु चापागाईंले पोषरमणले यसअघि […]

चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन

‘मुुग्लिन पारि तरेर गण्डकी लर्के जोवन दिऊँ कसलाई बन्धकी हातमा चुरा छ, हातमा चुरा छ है, चुरा छ है चुरा छ छिट्टै भेट है माया एउटा कुरा छ’ सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले चितवन चलचित्र छायांकनको गन्तव्य बन्दैछ । अग्ला पहाड, चुरे र तराईको समथर भूमि, विकसित शहर, सुकुम्वासी […]

मेरो गुरु को ?

हिमालचन्द्र बराल हिजो रुनुको अर्थ नबुझ्दै रुँदै जन्मिएको थिएँ म आज मलाई आँसुको मर्म सिकाउने को ? हिजो कारण बिना रुन्थें मलाई अमृतधारा पिलाएर आमाले फुल्याउनुहुन्थ्यो विना कारण हाँस्थे म बाबाको मुहारमा खुशीको गुँरास झुल्थ्यो आज मलाई खुसी हुन कारण चाहिन्छ अनि रुनको लागि पनि कारण चाहिन्छ यसरी कारण सिकाउन खोज्ने को ? हिजो सबैकासामु […]

विश्वभरका नेपाली भाषी साहित्यकारलार्इ अस्ट्रेलियामा निम्तो

टाेकियाे । प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस वर्ष अस्ट्रेलियामा हुने भएकाे छ । अस्ट्रेलियाकाे पर्थ सिटीमा यही सेप्टेवरको ९ र १० तारिखमा सम्मेलन आयोजना गरिएकाे छ । पाँचौ पटक हुन लागेको उक्त साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो । पर्थमा नेपाली समुदायकाे अन्तर्राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम […]

कथा : म बोक्सी होइन

मलाई तेल घसेर बिहानको पारिलो घाम परेको पिँढीमा सुताउनुभएको थियो रे मेरी आमाले । गाउँमा कति मान्छे आउँथे, कति जान्थे हरेक दिन पत्तै नहुने रे । प्रायः मलाई हेर्न आउने गर्थे भन्नुहुन्थ्यो आमा । त्यसमा पनि हाम्रो घर चोकमै पर्ने, घरछेउमै निम्नमाध्यमिक विद्यालय र केही चिया पसलहरू पनि थिए । स्कुलको छेउमै बरपिपलको चौतारी थियो । जहाँ हरेकक्षण गाउँका […]

स्थानीय संस्कृति संरक्षणका लागि रेष्टुरेन्ट

ललितपुर, २ साउन । स्थानीय संस्कृतिको संरक्षण गर्नका लागि व्यवसायीहरुले विभिन्न व्यवसाय सञ्चालन गर्दै अाएका छन् । यसै क्रममा ललितपुरकाे पुल्चाेकमा स्थानीय संस्कृति संरक्षणकाे उद्देश्यसहित एम्बिन्स ३६५ रेष्टुरेन्ट सन्चालन गरिएको छ । एम्बिन्स रेष्टुरेन्ट ललितपुरमा एक दशक अगाडि नै खाेलिएकाे थियाे । दशकभन्दा पुरानो इतिहास बोकेको एम्बिन्स रेष्टुरेन्टलाई एम्बिन्स ३६५ रेष्टुरेन्टको नामबाट पुनः सन्चालनमा ल्याइएकाे […]