शालीनदी, साँखु, १८ पुस । मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको […]
समाचार
गजल वन्दना
तन्त्र जेसुकै अाअाेस् ,सत्तामा लुटेराहरु छन् जनतासँग केवल गुनासाका सुस्केराहरु छन् चाहे तिमी दिन भन वा रात, के फरक छ र उज्यालोकाे शिकारमा यहाँ चमेराहरु छन् मान्छे बिग्रन्छ अाफू ,दाेष जति समयलाई ईशारामै दुनियाँ नचाउने सपेराहरु छन् पानी किन्न थालेदेखि काकाकुल भाे शहर अचेल गाउँमा पनि सुनसान पँधेराहरु छन् व्यधाकाे स्वादकाे लागि सहिद भाे ढुकुर […]
डा सुब्बालाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार
काठमाडौँ, १६ मंसिर । यस वर्षको ‘दि डिन अफ इन्टरनेशनल पिस प्राइज’ प्रा डा शिशिर सुब्बालाई प्रदान गरिएको छ । ‘संवेगात्मक साक्षरता, सांस्कृतिक विविधता, सद्भाव र आदत व्यवस्थापन’ (ग्लोबल पिस थ्रो इमोसनल लिटेरेसी इन इजुकेसन र मनोविज्ञान व्यवस्थापन) सम्बन्धी सातौँ अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । २५ हजार राशिको सो पुरस्कार गोर्खा […]
बुद्ध शान्ति समाजसेवा पुरस्कारबाट सात स्रष्टा पुरस्कृत
काठमाडौँ, १६ मंसिर । बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘श्री बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार’ मेरुदण्डमा समस्या भएका विभिन्न व्यक्तित्वलाई प्रदान गरिएको छ । पुरस्कृत हुने खेलाडीहरूमा गायत्री दाहाल, ङवाङ छिरी शेर्पा, सोनिका ढकाल, लक्ष्मी कुँवर र रामबहादुर तामाङ रहेका छन् । पुरस्कृत दाहाल नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघका अध्यक्ष शेर्पा थाङ्का पेन्टर […]
‘तीरको लक्ष्य’ पुस्तक लोकार्पण
काठमाडौँ, १० मंसिर । प्रेम रावतद्वारा लिखित ‘तीरको लक्ष्य’ लोकार्पण गरिएको छ । संस्कृतिविद् शताव्दीपुरुष सत्यमोहन जोशीले सो पुस्तकको शनिबार लोकार्पण गर्दै हरेक व्यक्तिले आफूभित्रको बोधि ज्ञान तत्वको खोजी गर्न सके नै जीवनको सही अर्थ बुझ्न सकिने बताए । उनले सांस्कृतिक विविधताले सम्पन्न नेपालमा रहेका अमूर्त र अभौतिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिँदै […]
५० हजार राशिको नवीन कलाश्री पुरस्कार घोषणा
पोखरा, २ मंसिर । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले कला साधनामा लागेकाहरूलाई प्रोत्साहन पु¥याउने उद्देश्यका साथ ५० हजार राशिको नवीन कलाश्री पुरस्कार शुक्रबार घोषणा गरेको छ । वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थको ७५ औंँ जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङले कलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जनालाई प्रत्येक दुई वर्षमा पुरस्कृत गरिने जानकारी दिए […]
दर्जन बढी सुरक्षाकर्मीले यसरी पक्राउ गरे साहित्यकार थपलियालाई
काठमाडौं, १ मंसिर । प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका प्रहरीले पक्राउ गरेका हुन् । प्रलेसले श्रृंखलाबद्ध रुपमा सञ्चालन गर्दै आएको परिसंवाद कार्यक्रमको ९ औ […]
धु्रवसत्यको कथासंग्रह ‘कैरन’ सार्वजनिक
काठमाडौँ, २५ कार्तिक । लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक भएको छ । साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा आज उक्त कथा संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा साहित्यकार आहूतिले कथा संग्रहमाथि टिप्पणी गर्दै दन्त्य कथा, र लोककथा भन्ने शैलीमा कथा लेखिनु नेपाली साहित्यको […]
प्राडा पोखरेलले पाए ‘ज्यो हरिप्रसाद अभिनव’ पुरस्कार
काठमाडौँ, २६ कार्तिक । विसं २०७४ को ‘ज्योतिषी हरिप्रसाद घिमिरे अभिनव’ पुरस्कार भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेललाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ एवम् ज्यो घिमिरेको ९५ औँ जन्मजयन्तीका अवसरमा आज जोरपाटीमा आयोजना गरेको १८९ औँ शृङ्खलाको साहित्यिक कार्यक्रममा भाषाविद् प्रा डा चूडामणि बन्धुले पोखरेललाई रु २० हजार, दोसल्ला […]