प्रतिभा पुरस्कार कोषबाट श्रष्टाहरु सम्मानित

धनकुटा, १७ चैत । धनकुटा प्रतिभा पुरसकार कोष–०७४ बाट शुक्रबारका विभिन्न विधाका दुई जना सम्मानित र दुई जना पुरस्कृत भएका छन् । सम्मानित हुनेमा धनकुटा – ६ का कवि तथा संस्कृतिविद् तुलसी दिवस र धनकुटा–७ का पत्रकार सञ्जयसन्तोषी राई छन । यसै गरी लोकसंस्कृतिको विकासमा योगदान गरेवापत साँगुरीगढी गाउँपालिका डाँडाबजारका तुलसी पराजुली र खेल क्षेत्रबाट […]

विभिन्न कला र साहित्य प्रस्तुत गर्दै वसन्त उत्सव सम्पन्न

काठमाडौँ, १०चैत्र । काठमाडौं असनका १०४ वर्षीय ज्येष्ठ नागरीकलाई सम्मान गर्दै भिन्तुना गुथि, असनको भिन्तुना वसन्त उत्सव कार्यक्रम सम्पन्न भएको छ । गुथिले आज काठमाडौंको असनमा पाँचौ भिन्तुना वसन्त उत्सव कार्यक्रमको आयोजना गर्दै असनका स्थानीय ज्येष्ठ नागरीक १०४ वर्षीय मोतिकृष्ण तुलाधरलाई सम्मान गरेको हो । सोहि कार्यक्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा […]

राष्ट्रकविको स्वास्थ्यमा सुधार

काठमाडौँं, २४ फागुन । केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ । छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ । अहिले उनी घरमै आराम गरिरहनुभएको र स्वास्थ्यमा सुधार हुँदै गएको उनकी नातिनी महिमाले ‍जानकारी दिए […]

अन्तिम पटक स्वर्ण आभूषणमा सजिएकी थिइन चर्चित अभिनेत्री श्रीदेवी

गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । भारतीय शहर मुम्बइमा उनलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि पूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उनको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो […]

उपन्यास ‘नथिया’काे विमोचन

काठमाडौं, २१ माघ । ठीक १० वर्षअघि पश्चिम नेपालका बादी समुदाय काठमाडौं आए । जब सिंहदरबारको दक्षिण गेटमा बादी समुदायका महिलाले प्रदर्शन थाले सबैको ध्यान त्यतै खिचियो । सिंहदरबारभित्रको कुर्सीमा बसेका शासकदेखि सडकमा खटिएका प्रहरीसम्म हल्लिए । प्रर्दशनमा उत्रिएका उनीहरूले भित्री वस्त्र मात्र लगाएका थिए । त्यही हुलमा थिइन्, उमा बादी । त्यतिवेला उमा बादी […]

आठ जना साहित्यकार साहित्यदूत घोषित

काठमाडौँ, १६ माघ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम आइतबारको बैठकमा अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट आठ […]

प्रलेसलाई सल्लाहकारहरूको सल्लाह

विषयारम्भ प्रगतिशील लेखक सङ्घ, नेपालको १० औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि विविध कारणवश सल्लाहकार परिषद्को औपचारिक बैठक बस्न सकेको थिएन । प्रलेसको सल्लाहकार परिषद्मा अनिल शर्मा ‘विरही’, डा. अमर गिरी, आनन्ददेव भट्ट, विश्वभक्त दुलाल ‘आहुति’, इन्द्र रेग्मी, ईश्वरचन्द्र ज्ञवाली, कमलजङ्ग जङ्गली, प्रा. केशव सुवेदी, कुन्ता शर्मा, जीवन शर्मा, प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डेय, नारायण […]

मञ्जुश्रीका ८०० नामहरुको पद्यश्लोक भएकाे ग्रन्थ बजारमा

काठमाडौं, १४ माघ । बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्यको ‘आर्य मञ्जुश्री नामसंगीतिः छगु व्याख्या’ (आर्य मञ्जुश्री नामसंगीतिः एक व्याख्या) शीर्षक ग्रन्थ बजारमा आएको छ । कोपुण्डोलका वकिलराज शाक्यको अगुवाइ तथा गुह्येश्वरीराज शाक्यको प्रबन्धमा विसं २०६८ चैतदेखि झण्डै दुई वर्ष लगाएर साप्ताहिक रुपमा बौद्धविद्वान् बज्राचार्यबाट व्याख्या भएका नामसंगीतिका गाथा २२ भागमा विभाजित छ । आदिबुद्ध र उहाँको […]

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

काठमाडौँ, १० माघ । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताएका छन् । अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न […]

पहिलोपटक संस्कृत नाटक मञ्चन

काठमाडौँ, ८ माघ । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ । श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार बेलुकीदेखि प्रदर्शन शुरु गरेका हुन् । गुरुकुलको सहयोगका लागि सामाजिक विषय वस्तुमा आधारित नाटक मञ्चन शुरु गरिएको हो । नाटकको […]