जिम्बुले तिउन झान्नी हुन कठै मेरी आमा सौराइ कति मान्नी हुन कठै मेरी आमा । ऐचो पैचो सट्टा पट्टा सकी नसकी भए पनि घर खेत बारी धान्नी हुन कठै मेरी आमा । हुरी आएर ढोका घच्घच्याउँदा कहिल्यै छोरो आए झै ठान्नी हुन कठै मेरी आमा । न सुन्छन न बोल्छन न त छन पढेकी नै […]
कविता
शंकाकै बाटो भएर पुगिन्छ विश्वासको गन्तव्य
प्रिय तिमी मेरो प्रेममाथि शंका गर म भन्दिनँ आँखा चिम्लेर विश्वास गर मैले तिमीलाई गर्ने हरेक व्यवहारबारे कुनै प्रश्न नगर त भन्दै भन्दिनँ अनेक खोल्साखोल्सी र गल्छी छिचोल्दै कतै साँघुरिदै त कतै फैलिदै कतै भँगालो फाट्दै कतै सुकेर बिलाउँलाझैं गर्दै हिमाल पहाड र मैदानमा अविरल र अथक संघर्षका परीक्षा उत्तीर्ण गरेर अन्ततः महासागरमा समाहित हुने […]
धारै नभकाहरू मुलधारमा आऊ रे
धारै नभकाहरू मुलधारमा आऊ रे मलाई ताजुब लाग्छ यार ! मुलधारकालाई चै किनारा लाऊ रे मलाई ताजुब लाग्छ यार ! शासक बर्वराउने, सत्ता धर्मराउने पनि गीत गाउने हाे श्रष्टाले ? बरू काला कर्तुतकाे गुनगान गाऊ रे मलाई ताजुब लाग्छ यार ! जीवन तरकारीकाे मूल्य जस्तै ठानी आत्महत्या गर्दैछ किसान खाेक्छाै, राेजे जति छ बजार भाउ […]
आस्थाको अजम्बरी धराहरा ढल्दैन कमरेड
बादलको हलचलले पत्थर गल्दैन कमरेड उखान टुक्काको भरमा देश चल्दैन कमरेड दुई-चार दिनको रमझममा रमाएर के गर्नु बनमारा रोपेपछि सुन्तला फल्दैन कमरेड बाध्यताको चौतारीमा सन्नटा छाए पनि मसान छेउमा शान्तिको दियो बल्दैन कमरेड आवेग र उत्तेजनाले मात्रै के पो हुन्छ र तातोपानीले कहिल्यै घर जल्दैन कमरेड चाहे धम्की बर्षियोस या त दमन दन्कियोस आस्थाको अजम्बरी […]
भौती माया लाउँदाइनउ क्या
भौती माया लाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ आम्नाई पछि धाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ । गाउँ छोड्या बेली टुपुक्कै ग्यार दिन भया म कन साटा घर आउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ । काखथी नबोली ठुस्स पण्या क्या मन्ने आयो भन्दो म सैतै आपी राउँदाइनउ क्या भन्दी क्या बैरालो भयो […]
कसरी भनुँ के सोच्दैछु म, न ससुराली न साली भएपछि
जे सोच्छ होला नि खेतले आली नभएपछि त्यही सोच्छ होला किसानले बाली नभएपछि । हाम्ले जस्तै सोच्छ होला या अलि केही फरक साँच्चै के सोच्छ होला रूखले डाली नभएपछि । सोच्न त सोच्छ होला नसोच्ने पनि पक्कै मनमनै कुनै सुन्दर फुलवारीको माली नभएपछि । जहिल्यै साँझ भरी हुने त्यो भट्टीको गिलासले पनि सोच्नु सोच्छ होला […]
गजल: दूध माथि लाग्ने मिठो तर हुनु है मै साप
एउटा सानो सुन्दर; घर हुनु है मै साप घर छेउ पिपलसँगै; वर हुनु है मै साप १ भरखर भरखर विश्वासको जग हाल्दैछु म छानो बन्न पिरतिको; खर हुनु है मै साप १ सुन्दर त्यो नाम कति सुन्दर हुन्थ्यो होला झनै तिम्रो नामको पछि मेरो; थर हुनु है मै साप १ भनेँ भने कतै मैले के […]
लुट् कान्छा लुट जो छ
भो छाडिदेउ गाउन अब हे पशुपति । जति गरे नि सप्रिदैन हाम्रा नेताको मति । बलि चढे बरू पुर्खा तर अहँ झुक्दै नझुकि बनेको छ ईतिहास हाम्रो रगतले लतिपती । त्यही रगतमा होली खेल्दै पन्चे मण्डले सबैले लुट्न थालेको यो देश कति भो कति । अरे लुट्नुको पनि त सिमा हुन्छ महाशय छाती फुलाउँदै खुल्लै […]
खुल्ला प्रेम प्रस्ताव
साँझ पर्याे जिन्दगीमा बास दिने काेही छ ? भाेकाएकाे याे मनलाई गास दिने काेही छ ? रूने रूवाउने त थुप्रै छन् हजुर यहाँ छेउमा मलाई हसाई हासी दिने काेही छ ? खाेजेकाे बेतुककाे क्षणिक माया हाेइन पलपल हरपल खास दिने काेही छ ? भेटिएर-छुट्ने दाेबाटाेमा तमाम भेटिन्छन् धड्कन धड्कुन्जेल सास दिने काेही छ ? अनन्त […]
जीन्दगी
कतै घाम कतै पानी पर्छ किन हाेला ? घामपानीमै इन्द्रेणी रङ् भर्छ किन हाेला ? भमरा जब भुनभुनाउदै डुल्न थाल्छ कतै बगैचाकाे फूलले वास्ना छर्छ किन हाेला ? भाग्यमा नै नभएका मनमा हुन्छन् भन्थे त्यै पाउन दिल् मरिहत्ते गर्छ किन हाेला ? काेही अाफू रून्छन, काेही अरू रूवाउछन् रूवाउनेलाई सम्झी अासुँ झर्छ किन हाेला […]