छोरो आए झै ठान्नी हुन कठै मेरी आमा

जिम्बुले तिउन झान्नी हुन कठै मेरी आमा
सौराइ कति मान्नी हुन कठै मेरी आमा ।

ऐचो पैचो सट्टा पट्टा सकी नसकी भए पनि
घर खेत बारी धान्नी हुन कठै मेरी आमा ।

हुरी आएर ढोका घच्घच्याउँदा कहिल्यै
छोरो आए झै ठान्नी हुन कठै मेरी आमा ।

न सुन्छन न बोल्छन न त छन पढेकी नै
तै पनि कति जान्नी हुन कठै मेरी आमा ।

जीवन सम्झेर साह्रै बैराग लाग्दा हुन अनि
तमाउ सुल्पा तान्नी हुन कठै मेरी आमा ।।

 

Loading...