काठमाडौँ, ९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताएका छन । क्यानाडाको मन्ट्रियलमा जारी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को ४० औँ महासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पछिल्लो समय नेपालले अपनाएको हवाई सुरक्षा सतर्कता, विमानस्थलको […]
समाचार
लक्ष्यकेन्द्रित काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र […]
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण
काठमाडौँ, ९ असोज । तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि सारेको छ । सोही क्रममा प्राधिकरणले […]
जलकुम्भी झारले कुरुप बनाइरहेको अवस्थामा फेवाताल बचाउन पहल
पोखरा, ९ असोज । पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान शुरु गरिएको छ । वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो । फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर जाने बाराहीघाटबाट […]
दर्ता दस्तुर छुट भएपछि महिला उद्यमी बढे
लहान, ९ असोज । घरको काममा सीमित रहँदै आएकी सिरहाको नवराजपुर–४ की सरिता कुमारी यादव यतिबेला गाउँ नजीकैको चौकमा जनरल स्टोर्स सञ्चालन गर्न थालेकि छन । गत साउन २५ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सरिता जनरल स्टोर्स दर्ता गराउनुभएकी सरिता यतिबेला असल गृहणीसँगै सफल व्यापारी पनि बन्ने अभियान छन । शुरुमा श्रीमान्लाई सञ्चालक […]
विद्युत् सेवा अवरुद्ध, बस्ती अन्धकार
रुकुमपूर्व, ९ असोज । भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन् । गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो । विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जङ्गाधाराखा र खाबाङ बस्तीका ५०० घरधुरी अन्धकार भएको छ । विद्युत् […]
डेरीबाट स्वरोजगार बन्दै युवा
इलाम, ९ असोज । इलाम नगरपालिका वडा नं १२ का राजिन राई १८ वर्ष मै खाडी मुलुक हानिए । घरको आर्थिक समस्या गहिरिए पछि उनले विदेशिनुको विकल्प देखेनन् । दुई लाख खर्च गरेर राजिन मलेशिया त हानिए तर विदेशमा पैसा कमाउनुको पीडा उनलाई मलेशिया पुगेपछि मात्र थाहा भयो । दुःख गरेर मलेशिया पुगे पनि कमाइ […]
माटाबाट भगवान् बनाइँदै
राँझा, ९ असोज । बाँकेको जानकी गाउँपालिका– ६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटासँगै बित्छ । दिनरात उनि माटाबाट भगवान्का विभिन्न आकृति बनाउन व्यस्त छन । नेपालगञ्ज–कोहलपुर चारलेन सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवान्को आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका हरिजनको यो पुख्र्यौली पेशा […]
सरकारले लगानीमैत्री वातावरणलाई प्राथमिकता दिएको छ: अध्यक्ष दाहाल
बुटवल, ९ असोज । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्दै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताए । उनले […]
गैर कानूनीरुपमा ई–सेवामार्फत टिकट बिक्री गरे कारवाही हुने
भैरहवा, ९ असोज । ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ । प्रदेश सरकारले ई–सेवामार्फत हवाई टिकट काटेमा तत्काल रु २० हजार नगद जरिवानासहित कारवाही गरिनेसमेत चेतावनी दिएको छ । प्रदेश नं ५ सरकारको उद्योग, पर्यटन, […]











