चीनले भन्यो हामी कहिल्यै विचारधारा निर्यात गर्दैनौ

काठमाडौ, ९ असोज । चीनले कुनै पनि देशमा विचार निर्यात नगर्ने बताएको छ । काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देशले कहिल्यै विचार निर्यात नगर्ने बताएकी हुन् । नेपालमा सी जिनपिङ विचारधाराबारे बहस भइरहेका बेला राजदूत यान्छीको यस्तो भनाई आएको हो । चीन अध्ययन केन्द्रले आयोजना गरेको ‘सी जिनपिङ थटः बिल्डिङ अ कम्युनिटी विद अ […]

राजदूतद्वारा नेपाल भ्रमण वर्षको निम्तो

काठमाडौँ, ९ असोज । बहराइनका लागि नेपालका राजदूत पदम सुन्दासले संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास मनामा, बहराइनद्वारा आयोजित कार्यक्रममा बहराइनीलाई नेपाल भ्रमणको निम्ता गरे । बहराइन सरकारका परराष्ट्र सचिव डा सैखा राना विन्ट लसा अल खलिफाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बहराइन सरकारका उच्चपदस्थ अधिकारी, बहराइनस्थित विभिन्न मुलुकका राजदूत तथा पदाधिकारी, अन्तरराष्ट्रिय […]

एक पटक धान रोपे तर दुई पटक बाली भित्र्याए

लम्की, ९ असोज । कैलालीको भजनी नगरपालिकाका किसान चैतमा रोपेको धानलाई दोस्रो पटक काट्दैछन् । वर्षेनी बाढी आउने भएकाले यहाँका किसान चैतमा मात्र धानबाली लगाउँछन् । यसवर्ष किसानले पहिलो पटक जेठ, असारमा धान भित्र्याएका थिए । असारमा धानबाली घर भित्र्याएका किसान पुनः अहिले धान काट्दैछन् । भजनीका किसानले एक दशक अघिदेखि चैते धान रोप्दै आएकामा […]

काङ्ग्रेस कर्मशील हुनुपर्छ: नेता पौडेल

लमही, ९ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए । प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा […]

वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै

बागलुङ, ९ असोज । आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ । अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् । दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य […]

आवधिक योजनामा घरको सङ्ख्या पनि

मिक्लाजुङ, ९ असोज । आवधिक योजना निर्माणलाई सहयोग पु¥याउने उद्देश्यले पाँचथरको याङ्वरक गाउँपालिकाले घरधुरीको तथ्याङ्क लिनका लागि स्टिकर टाँस्न शुरुआत गरेको छ । वस्तुगत विवरण तयार पार्नका लागि प्रत्येक घरको मोबाइल एप्समार्फत सङ्ख्या लिन थालिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरले बताए । अहिले पहिलो चरणमा वडा नं २,४ र ६ मा घरको सङ्ख्या गणना गर्न थालिएको […]

खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

बाँके, ९ असोज । बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको […]

भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता

सोलुखुम्बु, ९ असोज / जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]

मुस्ताङ जाने पर्यटकका लागि बागलुङ आकर्षक गन्तव्य

गलकोट, ९ असोज । मुक्तिनाथ जाने पर्यटकले बागलुङका होटलहरू भरिभराउ हुन थालेका छन् । भदौको अन्तिम सातादेखि नै यहाँका होटलमा पर्यटकको चाप बढ्न सुरु भएको हो । विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलहरुले आकर्षित गर्न थालेपछि यहाँका होटलहरू भरिभराउ हुन थालेका छन् । जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका […]

पहिलोपटक दुर्गमको अर्गानिक स्याउ शहरतिर

बाजुरा, ९ असोज । पहिलोपटक दुर्गम ठाउँमा फलेको अर्गानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताए । किसानका स्याउ बारीमै कुहिने अवस्थामा […]