महोत्तरी, ९ असोज । मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरे पनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको अभाव खट्किएको […]
समाचार
ब्रुमर सञ्चालनको पाँच महीनाः सडकको अवस्था उस्तै
काठमाडौँ, ९ असोज । काठमाडौँ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले ब्रुमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाले बु्रमर सञ्चालन गरेको पाँच […]
नेपालीको एकता र सद्भावलाई कसिलो बनाउँछ– मन्त्री कार्की
विराटनगर, ८ असोज । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको एकता र सद्भावलाई कसिलो बनाउन चाडपर्वले योगदान दिएको बताएका छन । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मन्त्री कार्कीले यस प्रदेशमा कानून निर्माणमा उल्लेखनीय काम भएको प्रष्ट पारे । उनले निर्माण भएका कानूनबाट प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै प्रदेश […]
सदरमुकाममा म्याद नाघेका खाद्य सामग्री
धादिङ, ८ असोज । जिल्ला अनुगमन समितिले सदरमुकाम धादिङबेंसी बजार क्षेत्रमा उपभोग्य सामग्रीका पसल, होटल, किराना पसल, मिठाइ पसल गरी १० वटा पसलमा अनुगमन गरी अखाद्य वस्तु र म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रममा पसलका लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्य वस्तु, म्याद गुज्रिएको सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, […]
चम्ल्याहा शिशुको जन्म
काठमाडौँ, ८ असोज । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडाँै मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उनि उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिए । आठ महिनाको गर्भलाई उनि लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो […]
नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तयारी अन्तिम चरणमा
काठमाडौँ, ८ असोज । ‘म, मेरो एनआरएन ए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तरराष्ट्रिय महाधिवेशन यही असोजको २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ । यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय […]
जुृम्लामा मनपरी भाडा
सिञ्जा, ८ असोज । जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीबाट बजारसम्म पहिले १०० रुपैयाँमा यात्रु ओसार्ने गाडीहरुले आजकल २०० रुपैयाँ भाडा लिने गरेको स्थानीयवासी उमेश बुढाले जानकारी गराए । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रु […]
मोबाईल एपले चल्ने प्रविधियुक्त ट्राफिक लाईटले पाटन दरबार क्षेत्रको सवारी व्यवस्थित हुदै
ललितपुर, ८ असोज । अत्यधिक सवारी चापका कारण दिनहु हैरानी सास्ती हुनु काठमाडौँ उपत्यका भित्रका सबै नगर र महानगरपालिका भित्रको समस्या नौलो भने पक्कै होइन । थेगेर नसक्नु सवारी साधन, पुरानै सडक संरचनाले मानिसको दैनिकीमा कस्टै कष्ट पैदा गरेकाे छ । देशकै प्रशासनिक केन्द्र सिंहदरवार वरपर बढ्दो सवारी साधनलाइ धान्न नसकेका पुराना प्रयोगविहीन ट्राफिक बत्ती […]
मोबाईल एपले चल्ने प्रविधियुक्त ट्राफिक लाईटले पाटन दरबार क्षेत्रको सवारी व्यवस्थित हुने
असोज ८, ललितपुर । अत्यधिक सवारी चापका कारण दिनहु हैरानी सास्ती हुनु , काठमाडौँ उपत्यका भित्रका सबै नगर र महानगर पालिकाको समस्या नौलो भने पक्कै होइन । ठेगी नसक्नु सवारी साधन पुरानै सडक सरचनाले मानिसको दैनिकमा कस्तै कष्ट भन्दा फरक नपर्ला देशकै प्रशासनिक सिंहदरवर केन्द्र वरपर बढ्दो सवारी साधनलाइ धान्ने नसकेका पुराना प्रयोग बिहिन ट्राफिक […]
सम्मेलन सफल पार्न भोलि सार्वजनिक विदा
काठमाडौँ । प्रदेश नम्बर ५ अन्तर्गत एक स्थानीय सरकारले भोलि असार ९ गतेका लागि सार्वजनिक विदा घोषणा गरेको छ । स्थानीय सरकारले एक सूचना जारी गर्दै भोलि बिहीबार असोज ९ गते सार्वजनिक विदा दिने घोषणा गरेको हो । भोलि असोज ९ गते रुपन्देही जिल्लाको तिलोत्तमा सम्मेलनलाई सभ्य र भब्य रुपमा मनाउन तथा सु-सम्पन्न गर्नको लागि […]










