मोबाईल एपले चल्ने प्रविधियुक्त ट्राफिक लाईटले पाटन दरबार क्षेत्रको सवारी व्यवस्थित हुने

असोज ८, ललितपुर । अत्यधिक सवारी चापका कारण दिनहु हैरानी सास्ती हुनु , काठमाडौँ उपत्यका भित्रका सबै नगर र महानगर पालिकाको समस्या नौलो भने पक्कै होइन । ठेगी नसक्नु सवारी साधन पुरानै सडक सरचनाले मानिसको दैनिकमा कस्तै कष्ट भन्दा फरक नपर्ला देशकै प्रशासनिक सिंहदरवर केन्द्र वरपर बढ्दो सवारी साधनलाइ धान्ने नसकेका पुराना प्रयोग बिहिन ट्राफिक बत्ती बेवारिसे बनिरहदा पाटन दरबार क्षेत्रसंगैको महापाल चोकमा दुई वटा अत्याधुनिक इन्टेलिजेन्ट ट्राफिक बत्ती जडान भएको छ ।
पाटन दरबार क्षेत्रसंगैको महापाल चोकमा ट्राफिक जामले सधै हैरानी । अझ बिहान र साँझको ‘पिकआवर’मा त ट्राफिक जामले सवारी चालक मात्र नभई सर्वसाधारणलाई हिडेर जान समेत सास्ती हुने गर्दथ्यो ।
ललितपुर महानगरपालिका–१६ वडाले तन्त्र भेन्चर्स प्रा.लिको सहयोगमा पाटन दरबार क्षेत्र नजिकैको महापाल चोकमा दुई वटा अत्याधुनिक इन्टेलिजेन्ट ट्राफिक बत्ती जडान गरेको छ । 


करिब १७ लाखको लागतमा बनाइएको सो लाईट बुधबार बाट प्रयोगमा ल्याइएको छ । अनलाईन, मोबाईल एप तथा रिमोट कन्ट्रोलबाट सो लाईट सञ्चालन गर्न सकिने भएकोले ट्राफिक व्यबस्थापनमा नमुनाको रुपमा नयाँपनको आभास देखाएको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख राजेश सिलवाल, पूर्व ट्राफिक सिताराम हाछेंथु, महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक चन्चला श्रेष्ठको उपस्थितिमा वडाअध्यक्ष निर्मलरत्न शाक्यले मोबाईलबाट एप्सको बटन थिचेर ट्राफिक बत्ती बुधबार उद््घाटन गर्नुभयो ।
सो अवसरमा वडाअध्यक्ष शाक्यले सो बत्ती जडानबाट विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा जान आउन सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । ‘ट्राफिक जामको गुनासो सधै आउने गरेको छ । ट्राफिक बत्ती राख्नुपर्ने कुरा धेरै पटक चलेको पनि हो । अहिले आएर बल्ल ट्राफिक लाईटको व्यवस्था मिलाउन सकेँ ।’ अध्यक्ष शाक्यले भन्नुभयो ।
सो लाईट एक साताको परीक्षणपछि नियमित रुपमा सञ्चालन हुने पनि वडाले जनाएको छ । सार्वजनिक – निजी साझेदारीको अवधारणा अनुरुप राखिएको लाईटको सञ्चालन रेखदेख र अनुगमन पाँच वर्ष सम्म प्रा.लि नै गर्ने बताइएको छ ।
सो लाईट इन्टेलिजेन्सयुक्त भएको उल्लेख गर्दै प्रा.लि.का प्रदीप श्रेष्ठले सो लाईट बाटोको सवारीलाई ध्यानमा राखेर स्वचालित रुपमा सञ्चालन हुने जानकारी दिनुभयो । ११ जना ईन्जिनियरले सो लाईट बनाएका हुन्् । श्रेष्ठका अनुसार सो सिस्टम कम्प्युटर भिजन प्रविधि तथा रेड लाईट भोईलेसन, नोटिफिकेसन, भेइकल काउन्टिङ्ग तथा क्लासिफिकेसन, भेइकल डेनसिटीका साथै क्लाउड कम्प्युटिङ्गको विशेषता रहेको छ ।
सो अवसरमा प्रदेश नं ३ का सांसद्् ज्ञानेन्द्र शाक्यले लाईट जडानबाट पाटन दरबार क्षेत्रको सवारी व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । ‘बाटो साँघुरो भएको चोकमा ट्राफिक लाईट जडान गरिएको छ । लेन अनुशासन पनि पालना गर्र्न र गराउन सकियो भने मात्र ट्राफिक जाममा कमी आउने छ ।’ मंगल टोल सुधार समितिका उपाध्यक्ष ज्ञानुराज श्रेष्ठले भन्नुभयो ।

Loading...