इलाम, ६ असोज । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । “एकैपटक ठूलो […]
समाचार
सरकारी ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु
डोटी, ६ असोज । सरकारको नीतिअनुसार डोटीमा पनि ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँगैको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य बीमा बोर्ड काठमाडौँले देशकै ४८ औँ जिल्लाका रुपमा डोटीमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको जानकारी दिएको हो । विसं २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु गरिएको उक्त कार्यक्रम […]
शिक्षक लाइसेन्सको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक (केन्द्रहरुको सूचीसहित)
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आज र भोलिमा निमावि र मावि तहको परीक्षा केन्द्र पनि सार्वजनिक गरिसक्ने आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए । उनका अनुसार धेरै परीक्षार्थीहरुले आफै बसेको स्थानबाट प्रवेशपत्र प्रिन्ट गरिसकेका छन् । शिक्षक सेवा आयोगले गएको असार २ गते […]
दशैँ तिहार नजिकिए संगै रातोमाटोले भाउपाएपछि स्थानीय उत्साहित
मिक्लाजुङ, ६ असोज । दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ । यहाँको रातो माटो […]
पर्यटन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणको सन्देश दिन साइकलयात्रा
परासी, ६ असोज । पर्यटन प्रवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज स्थापनाका लागि प्रेरित गर्ने अभियानका साथ नेपाल भ्रमण गरिरहेका साइकलयात्री अभियन्ता कर्ण श्रेष्ठ पश्चिम नवलपरासीमा आइपुगेका छन । खोटाङबाट साइकलयात्रा शुरु गरेका उनले मुलुकका ७५ जिल्ला भ्रमण गरिसकेका छन । यात्राको क्रममा श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्दै स्थानीय स्रोतसाधनको समुचित सदुपयोग गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको […]
राहत, उमावि शिक्षक, विद्यालय कर्मचारी, द्वन्द्वपीडित शिक्षकका माग तत्काल सुनुवाई नगरे कडा आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी
काठमाडौं । जावलाखेल घोषणा पत्र जारी गर्दे नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद सम्पन्न भएको छ । शनिवार र आइतवार ललितपुरको जावलाखेलमा भएको राष्ट्रिय परिषदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बोलेका थिए । उद्घाटन सत्र बहिस्कार गरेको महासंघको प्रमूख घटक नेपाल शिक्षक संघले दोस्रो दिनको बन्द सत्रमा […]
सरकार सहि गतिमा अगाडि बढिरहेको छ : मन्त्री अर्याल
भक्तपुर, ६ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताएकी छिन् । राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा आइतबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उनले अहिले निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताईन् । नेपाली […]
दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या
फिक्कल, ६ असोज । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको […]
बगिरहेको खोला धितो राखी ४ करोड बढी दिने बैंकका सीइओ पक्राउ
काठमाडौ । ‘क’ श्रेणीको बैंकको मान्यता पाएको बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित ११ जना प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको छ । पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारीसमेत रहेका छन् । उनीहरु उपर बैंकिङ्ग […]
अटो रिक्सामा बेरोजगार युवाको आकर्षण
बाजुरा, ५ असोज । युवा भन्ने बित्तिकै गरिखाने ऊर्जा भएको समूह बुझिन्छ । तर पछिल्लो समय श्रम गरेर खाने युवाहरुको सङ्ख्या पातलिँदै गएको छ । ठूलो काम खोज्ने, जागिरलाई मात्र रोजगारी भन्ने मान्यताले यहाँका धेरै युवाहरु बेरोजगार बस्न बाध्य छन् । श्रम गर्नु, उद्यम गरेर खानु जस्ता कामलाई इज्जतसँग जोडेर उनीहरु बरु खाली बस्न राजी […]