शिक्षक लाइसेन्सको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक (केन्द्रहरुको सूचीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आज र भोलिमा निमावि र मावि तहको परीक्षा केन्द्र पनि सार्वजनिक गरिसक्ने आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए । उनका अनुसार धेरै परीक्षार्थीहरुले आफै बसेको स्थानबाट प्रवेशपत्र प्रिन्ट गरिसकेका छन् ।

शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।

आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।

हेर्नुहोस लाइसेन्स परीक्षाका लागि निर्धारण गरिएका केन्द्रहरुको सूची