भक्तपुरमा १२ फिट पुरिएका एक मजदुरको जीवितै उद्धार, अर्का २२ वर्षिय रितेश रहेनन्

 आकाश गजुरेल, भक्तपुर । भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी माटोको ढिस्को खस्न गई दुर्घटना भएको हो । आइतवार साँझ भएको दुर्घटनामा परी.सुनसरी गढी गाउँपालिका–२ घर […]

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि चेतनाथ आचार्यलाई प्रदान

काठमाडौं, ४ बैशाख २०८० । गैरआवासीय नेपाली सङ्घ’को भाषा तथा साहित्य समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा आइतवार विशेष कार्यक्रमका बीच  राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार आचार्यलाई प्रदान गरेका छन् । गैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा […]

रास्वपा अध्यक्ष रविका चालक गम्भीर घाइते

चितवन, ४ बैशाख २०८० ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भनिने  दिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घरको छतबाट खसेको अवस्थामा उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । सोमबार विहान करिब ४ बजे भरतपुर-११ स्थित लामिछाने बस्ने ३ तले घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक थापाको पुरानो मेडिकल […]

मध्यपुर थिमीमा २७ वर्षीय सुजनको जिब्रो छेडेर जात्रा मनाइयो

भक्तपुर, २ बैशाख २०८० । भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक नयाँ वर्षको दोश्रो दिन बोडेमा हुँदै आएको यो जात्रा शनिवार भव्यरुपले सम्पन्न भएको हो । परापूर्व कालमा एउटा राक्षसले यो क्षेत्रमा निकै दुःख दिएपछि त्यसलाई सबै मिलेर लखेटेको सङ्केतको रूपमा जिब्रो छेड्ने जात्राको शुरुवात भएको बिश्वास गरिन्छ । जात्राको […]

सिन्दुरमय बन्यो मध्यपुर थिमि

भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको अवसरमा मध्यपुर थिमिमा हुँदै आएको सुथसिया अर्थात सिन्दुर जात्रा सम्पन्न भएको छ । आ–आफ्ना टोलका ईष्ट देवी देवताका खटसहित जम्मा भएका हजारौं स्थानीयले एक आपसमा सिन्दुर छरेर जात्रा मनाएका हुन् । ३२ खट्को जात्रा पनि भनिने यो जात्रामा मध्यपुर थिमि क्षेत्रका विभिन्न स्थानीय इष्ट देवी देवताका ३२ खट् बालकुमारी परिसरमा भेला […]

पूर्व मन्त्री पुन निवासमा गोली चल्दा पुनको आमा घाइते

ललितपुर, २ बैशाख २०८० । गोली लागि पूर्व मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ । शुक्रवार राति प्रहरीको गोली पड्केर उहाँ घाइते हुनुभएको हो  । नेपाल प्रहरीका हवल्दार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट अचानक गोली निस्केर उहाँको खुट्टामा लागेको र उहाँको ट्रमा सेन्टरमा […]

माओवादीका मन्त्रीहरुले हप्तामा २ घण्टा जनतासंग अन्तरक्रिया गर्नैपर्ने नयाँ कार्यतालिका तय

काठमाडौं, १ बैशाख २०८० । राजकीय जिम्मेवारीमा रहँदा पार्टी संग जनता जोडिन नसकेको निष्कर्ष सहित नेकपा (माओवादी केन्द्र)ले अब जनतासँग नियमित भेटघाट तथा अन्तरक्रिया शुरु गरेको छ । नयाँ वर्षको अवसर पारेर माओवादी केन्द्रले जनता संग जोडिने नयाँ कार्ययोजना शुक्रबर बाट कार्यान्वयनमा ल्याएको हो । कार्ययोजनाको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुआत […]

नयाँ वर्ष २०८० शुरु

 काठमाडौं, १ बैशाख २०८० । विक्रमादित्यले प्रचलनमा ल्याएको बिक्रम सम्बतले आज बाट अर्को वर्ष प्रवेश गरेको छ । आज बाट नयाँ वर्ष २०८० शुरु भएको हो । बिक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको भएपनि यसलाई नेपालमा सबैले स्वीकार गर्दै आएका छन् । नेपालमा औपचारिक कामकाजको पात्रोको रुपमा रहेको बिक्रम सम्बतको नयाँ वर्ष २०८० […]

नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्षको जिम्मेवारीमा चन्द्रप्रसाद ढकाल

काठमाडौं, १ बैशाख २०८० । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७ औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो । अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उहाँले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गर्नुभएको हो । सपथपछि […]

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं, १ बैशाख २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “दीगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।” उहाँले वैदेशिक पुँजी तथा प्रविधि भित्र्याएर स्वदेशमै […]