पूर्वसचिव कार्कीकी पत्नी मुनाको हत्या प्रयास, कामदारको शव झुण्डिएको अवस्थामा

काठमाडौं, २७ माघ । आज विहान ललितपुरको सानेपामा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको छ । कार्कीको घरमा काम गर्ने दाङ घर भएका विजय चौधरीको शव भने झुण्डिएको अवस्थामा फेला परेको छ । कार्कीकी पत्नी मुनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । टाउकोमा गम्भीर चोट लागेर रगतले लतपतिको अवस्थामा उनी भान्सामा […]

तुलसीपुरमा जीप दुर्घटना, ६ घाइते चालक फरार

तुलसीपुर, २७ माघ ।  दंगीशरण गाउँपालिका –१ फुर्केसल्लीस्थित साउनेमा गएराति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण १ निवासी ४३ वर्षका पलाल बुढामगर, उनकी आमा ७३ की जयकली बुढामगर, १२ वर्षका भुवन घर्ती, १४ वर्षका प्रदीप परियार, ४० वर्षका मनकुमारी बुढामगर र २७ वर्षका प्रकाश बस्नेत घाइते भएको इलाका प्रहरी […]

१ सय २० अधिकृत अलपत्र, पत्र लिएर महिनौं भौतारिए

काठमाडौं, २७ माघ । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नु अगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरेर पठाइदिएपछि ती अधिकृत अलपत्र भएका हुन् । लोकसेवाले देशभरका स्थानीय तहका लागि झन्डै ९ हजार कर्मचारी छनोट गरी विभिन्न स्थानीय […]

विप्लवका कार्यकर्ता पेस्तोलसहित पक्राउ

बैतडी, २७ माघ। बैतडीमा बिप्लब नेतृत्वको प्रतिबन्धीत नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् । आइतबार दिउँसो दोगडाकेदार गाँउपालिका वडा न. ७ सित्तडबाट १ थान पेस्तोल र पर्चा, पम्पलेटहरु सहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डेले बताए । पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालयमा […]

वुहानमा रहेका नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

काठमाडौं २७ माघ । नेपाल सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० विमान पठाउने गरी तयारी थालेको छ । त्यस दिन कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको छ । वुहानमा अधिकांश अध्ययनका […]

कांग्रेस भ्रष्टहरुको पार्टी भयो – अध्यक्ष बिजुक्छे

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाद्वारा आयोजित जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको दुई दिने प्रतियोगिता शनिबार सफलताका साथ सम्पन्न  भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण समेत गरिएको छ । शनिबार र […]

कलश यात्रा गर्दै माधव नारायण व्रत समापन (फोटो फिचर)

माघ २६ ,काठमाडाैँ । नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैँ, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर १३ अन्तर्गत टुसालस्थित ऋषेश्वर महादेवस्थानदेखि चुनिखेल, तुप्या हुँदै नाैलिन भद्रकालीसम्मकाे यात्रा पनि समापन गरिएकाे तुप्याका संस्कृतिकर्मी रामलाल श्रेष्ठले बताउनु […]

आज रंगशालाको धनधान्याचलमा कलाकारहरुले यति ठुलो सहयोग

चितवन, २६ माघ । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ ।  चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धनधान्याचल महोत्सवमा आज कलाकारहरुले आर्थिक सहयोग गरेका छन् । धनधान्याचल महोत्सव स्थलमा पुगेर कलाकारहरुले सहयोग गरेका छन् । सुपर हिट चलचित्र ‘छक्का पञ्जा’ सिरिज टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ […]

आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन, शालीनदीमा मेला भर्नेको घुइँचो

काठमाडौं, २६ माघ । आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन हुने दिन । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । पौष शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म निराहार श्री स्वस्थानीको व्रत बस्ने र पूजाआजा गर्ने गरिन्छ । साँखुस्थित शालीनदीमा मेला भर्नेको घुइँचो लागेको छ । एक महिनासम्म शालीनदीमा मेला लाग्ने […]

पर्वतमा बसको ठक्करबाट एकजनाको मृत्यु

पर्वत, २६ माघ । पर्वत सदरमुकाम कुश्माबजार स्थित शिवालय चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मुस्ताङबाट पोखराका लागि छुटेको ग१ख ७००३ नम्बरको बसले ठक्कर दिँदा पर्वतकै मोदी गाउँपालिका-४ लेस्पार घर भएका ३४ वर्षीय डिलबहादुर थकालीको मृत्यु भएको हो। गम्भीर घाइते बनेका थकालीलाई उपचारको लागि पर्वत अस्पताल लगिएको भए पनि केहीबेरमै चिकित्सकले मृत घोषित […]