रिङ्कु सदा अनुसन्धानबारे प्रजिअ र सुरक्षा प्रमुखसंग प्रचण्डले लिए जानकारी

सिरहा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियामाबारे जानकारी लिएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उहाँले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार […]

मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ: प्रचण्ड

सिरहा, १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका […]

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भक्तपुरमा सुरु

  भक्तपुर ।  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजबाट भक्तपुरमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको सेवा नै पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन्। उनले विगतका सरकारहरू असफल भएको आरोप लगाउँदै अहिलेसम्मका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई जनताले टुँडिखेलमा कारबाही गर्नुपर्ने भनाइ राखे।   महाधिवेशन […]

पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिकास्थित पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्यबिनायक नगरपालिकाकी उप-प्रमुख सरिता तिमिसिना भट्टराई प्रमुख अतिथि रहेकी थिइन् । विशेष अतिथिका रूपमा नगरपालिकाका शिक्षा प्रमुख रत्न कटुवालको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्यहरू बुद्धि बहादुर थापा, रामचन्द्र […]

मिस नेवाका विजयीहरुलाई सगुन प्रदान

२०८१ फागुन १५, काठमाडौं । मिस नेवा २०८१ को विजयीहरुलाई सगुनसहित रात्रीभोजको आयोजना मङ्गलबार तपस होटलमा सम्पन्न भयो । गत २०८१ फागुन ४ गते नेवार भाषा, कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै मिस नेवा फिनालेको आयोजना सम्पन्न भएको थियो । सो फिनालेमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ नगद पचास हजार राशिसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित […]

बोदेमा धर्मचक्र गुम्बाको शिलान्यास

भक्तपुरको मध्यलुर थिमि-८ बोदे क्षेत्रमा रहेको धर्मचक्र गुम्वाको जग पूजा गरिएको छ । मेयर सुरेन्द्र श्रेष्ठले गुम्बा निर्माणको शिलान्यास गरेका छन् ।  गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष गणेशमान चक्रधरले करिब ७० लाखकाे लागतमा निर्माण कार्य सम्पन्न हुने जानकारी गराए । त्यसका लागि स्थानीय सुकुदेव साहुखलको अध्यक्षतामा उपभोक्ता समितिले काम गर्ने उनले बताए । दुई वर्ष भित्रका […]

नेताहरूलाई पछि पार्दै अखिल(क्रान्तिकारी) को उपत्यका समिति बन्यो फुटसल प्रतियोगिताको बिजेता

भक्तपुर । वाइसीएल नेपालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा अखिल(क्रान्तिकारी) उपत्यका बिशेष प्रदेश समिति बिजेता बनेको छ । वाइसीएलको बागमती प्रदेश समितिको आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगितामा अखिल(क्रान्तिकारी) बिजेता बनेको हो । भक्तपुरको मध्यपुर थिमि-२ स्थित रोयल नेपाल फुटसल क्लबमा सम्पन्न प्रतियोगितामा नेता सुरज श्रेष्ठको कप्तानीमा उत्रिएको अखिल (क्रान्तिकारी) को उपत्यका बिशेष […]

दुधौलीको सहिद स्मृति शान्ति पार्कमा शिव र बुद्धको प्रतिमा अनावरण

  सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१० स्थित सहिद स्मृति शान्ति पार्कमा शिव भगवान र बुद्ध भगवानको प्रतिमाको भव्य अनावरण गरिएको छ। यस अवसरमा दुधौली नगरपालिकाको पहिचान झल्काउने संरचनाको समेत उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा दुधौली नगरपालिका मेयर श्री दिनेश अधिकारी, उपमेयर श्री चन्द्रकिशोर थारु, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख, सिन्धुली जिल्ला समन्वय समितिका […]

प्रेस सेन्टरको उपत्यका प्रदेशमा लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व

काठमाडौं । प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश अध्यक्षमा लोकेश लिम्बु निर्वाचित भएका छन् । काठमाडौंको बिजुली बजारस्थित क्रीस्टल ब्याङ्क्वेटमा सम्पन्न दोस्रो अधिवेशनबाट लिम्बुको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा बुद्ध योन्जन समावेशी उपाध्यक्षमा श्याम तण्डुकार र महिला उपाध्यक्षमा सरिता थापा निर्वाचित भएका छन् । महासचिवमा भने रोशन क्षेत्री गाउँले निर्वाचित […]

हेटौडामा भव्य समारोहबीच उपन्यासकार केशव घिमिरे सम्मानित

  हेटौंडा । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सव’ मा उपन्यासकार केशव घिमिरेलाई ‘टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१’ द्वारा सम्मानित गरिएको छ। नयाँ तथा प्रतिभावान साहित्यकारलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रदान गरिने यो सम्मान यस वर्ष बागमती प्रदेशबाट केशव घिमिरेलाई प्रदान गरिएको हो। प्रदेश स्तरीय छनोट प्रक्रियामा घिमिरे […]