चीनका एक सय फोटो पत्रकार नेपालमा

काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने “लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन” कार्यक्रमअन्तर्गत यो टोली नेपाल आएको हो । नेपाल भ्रमणमा आएका चिनियाँ […]

राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण अवरुद्ध

काठमाडौ । राष्ट्रिय परिचय पत्र ब्यवस्थापन प्रणालीको सर्भर अवरुद्ध हुँदा सेवा स्थगित भएको छ । मंगलबारबाट सर्भर मर्मतको कार्य भैरहेकोले सेवा अवरुद्ध भएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण कार्य हाललाई रोकिएको राष्ट्रिय परिचय पत्र एवं पञ्जिकरण बिभागका अधिकृत खुमराज आचार्यले जनाएका छन् । बिभागले एक सूचना जारी गर्दै सर्भर मर्मत […]

वासु शशी साहित्य सम्मान मुखियालाई, पुरस्कार वैद्य र पहाडीलाई प्रदान गरिने

२०८१ फागुन २६, काठमाडौं ।   वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।   यसैगरी साहित्यकारहरु विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’, र सन्धा पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने भएको छ । पुरस्कारको राशि पच्चीस हजार रहेको छ ।   सो निर्णय परिषद्का […]

सल्लाघारीको चौर ज्ञानेन्द्रले आधा खान खोजेका नेमकिपा अध्यक्ष बिजुक्छेँको खुलासा

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन् । बच्चाबेलाको लुगा लगाउन नमिले जस्तै फालि सकेको राजतन्त्र फर्कन नसक्ने उनको भनाइ छ । भक्तपुरको ब्यासीस्थित बासु माध्यमिक विद्यालयको वार्षिकोत्सव एवं साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले राजतन्त्रले धनी र सामन्ती वर्गको मात्र हित गर्ने भएकोले श्रमजीवी मजदुर र किसान […]

नेपालमा हिन्दुराजा चाहिन्छ भन्ने भारतीयहरुलाई एमाले महासचिवको जवाफ- भारतमै राखे भयो नि !

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा बसेर नेपालमा चलखेल नगर्न सुझाव दिएका छन् । हिन्दुहरुको राजा नभएको भनेर भारतीयले चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्न उनले सुझाव दिएका हुन् । सामाजिक सञ्जाल मार्फत महासचिव पोखरेलले नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्मगुरु र प्रशासकहरुलाई कटाक्ष गर्दै […]

हरिवनमा खोप सेवाको प्रगति ६० प्रतिशत

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठि सम्पन्न भएको छ । “खोप सुरक्षित हुन्छ, खोप नि:शुल्क पाइन्छ”भन्ने नाराका साथ हरिवन नगरपालिका स्वास्थ्य सेसन तथा सामाजिक बिकास शाखाको नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न भएको हो । हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास […]

राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयक प्रमाणित

काठमाडाै‌ । राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन् ।राष्ट्रिय सभाले पारित गरेका ४ वटा विधेयकहरूलाई अध्यक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणिकरणका लागि भोलि मंगलबार नै राष्ट्रपतिसमक्ष पठाइने उनका स्वकीय सचिव बिष्णु सापकोटा जुगलले जनाएका छन् । संविधानको धारा […]

हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान

भक्तपुर । भक्तपुरको भक्तपुर- १ सिर्जनानगरस्थित हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान भएको छ । मृतक युवकको आइतबार पहिचान खुलेको हो । उनी रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा न ५ कमिटार स्थाई घर भई हाल भक्तपुरको भक्तपुर नगरपालिका वडा न १० कमलविनायक बस्ने बर्ष २१ को रन्जित विक भएको प्रहरी श्रोतले जनाएको छ । […]

राप्रपाले काठमाडौं महानगरपालिकालाई बुझायाे एक लाख रुपैयाँ जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवाना वापतको रकम बुझाएका हुन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो । महानगरका नगर प्रहरी निरीक्षक […]

निजी विद्यालयलाई गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर छक्क परेको छु – प्रधानमन्त्री ओली

pm oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयललाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को १६ औं राष्ट्रिय महाधिवेशनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी […]