बिएलई र एसईईका उत्कृष्ट दशसहित उतीर्ण सबैलाई एनप्याब्सन भक्तपुरको सम्मान

भक्तपुर । अधिकांश संस्थाहरूले एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई मात्र सम्मान गरिरहेका छन्, त्यहीँबीच नेसनल प्याव्सन भक्तपुरले भने ४ जिपिए ल्याउनेसहित आफ्ना सदस्य विद्यालयहरूबाट एसईई उत्तीर्ण गर्ने सबै विद्यार्थीलाई बधाई तथा सम्मान प्रदान गर्दै फरक उदाहरण प्रस्तुत गरेको छ। मिड भ्याली कलेज नयाँ थिमीको सहकार्यमा आयोजित कार्यक्रममा ४.० जिपिए ल्याउने एनप्याब्सनको स्कुल सेक्रेड हार्टका प्रिन्स […]

एसईईमा सूर्यविनायकबाट १० जनाको ४ जिपिए : कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थी सम्मानित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा- कक्षा १० (एसईई), कक्षा ८ को आधारभूत तह तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई विशेष सम्मान प्रदान गरेको छ। सोमबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले कक्षा ८ को अन्तिम परिक्षा, […]

स्वास्थ्य बीमाको सेवा सुविधा अब दर्ता भएको तीन महिनामा उपलब्ध हुने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमितहरूका लागि सेवा सुविधा लागू हुने समय छोट्याउने निर्णय गरेको छ। बोर्डले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन, २०८२ अनुसार अब बीमा दर्ता भएको महिनालाई पहिलो महिना मानेर त्यसपछिको तेस्रो महिनाको पहिलो दिनदेखि स्वास्थ्य बीमा सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। ‘नयाँ संशोधन अनुसार जुन महिना व्यक्तिले बीमामा […]

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । पछिल्लाे केही समयदेखि कोरोना सङ्क्रमण सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्रै ४० नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै, गएको पुसदेखि हालसम्म ३ सय ३३ जनामा कोरोना सङ्क्रमण […]

जनपक्षीय शिक्षा ऐनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन, ९ नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौँ । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)ले जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा साेमबार विद्यार्थीहरूले पाेशाकमै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले उपाध्यक्षसहित ९ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । अध्यक्ष विरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता–कार्यकर्ताको तत्काल रिहाइको माग […]

स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुने गरेको पाइएको बताउँदै औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने जनाएका हुन्। उनले ‘निरोगी नेपाल’ अभियान र बिरामीलाई सही उपचार […]

दुई ठूला दलको मिलोमतोमा संसद् ‘बिचौलियाको खेल मैदान’ भयो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दलहरूले मिलोमतो गरेर संसद्लाई ‘बिचौलियाको खेल मैदान’ बनाइएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले नेपाली कांग्रेस र नेकपा एमालेको संसद्लाई ‘बिचौलियाको खेल मैदान’ बनाउने प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले लोकतन्त्र सुदृढ […]

हाल देखिएको अवस्था ‘संसदीय इतिहासको कालो समय’ – राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा हाल देखिएको अवस्थालाई ‘संसदीय इतिहासको कालो समय’ भनेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भिजिट भिसा प्रकरण छानबिन माग गर्दै आइरहेका दलहरूको माग सुनुवाइ नगरेर संसद् सञ्चालन गरिहेकोमा आपत्ति जनाएका छन् । ‘यो संसदीय इतिहासकै कालो समय हो । संसद्का दुई महत्त्वपूर्ण पार्टीहरूले डेढ […]

संसदमा प्रचण्डको सम्बोधन : अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एव‌ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै उनले अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको समेत बताए । प्रचण्डले भने, “तपाईँहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, […]

गृहमन्त्रीले डाके आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

स्पेन प्रकरणलाई लिएर गृह मन्त्रालयले सक्रियता देखाएको छ। गृहमन्त्री रमेश लेखकले आज सिंहदरबारस्थित मन्त्रालयमा आपतकालीन बैठक बोलाई प्रमुख सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेका छन्। बैठकमा नेपाल प्रहरी प्रमुख (आईजीपी) दीपक थापा, अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ र मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख कृष्ण पंगेनी सहभागी थिए। बैठकमा स्पेन पठाइएका नेपालीहरूबारे उठेका […]