स्पेन प्रकरणलाई लिएर गृह मन्त्रालयले सक्रियता देखाएको छ।
गृहमन्त्री रमेश लेखकले आज सिंहदरबारस्थित मन्त्रालयमा आपतकालीन बैठक बोलाई प्रमुख सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेका छन्।
बैठकमा नेपाल प्रहरी प्रमुख (आईजीपी) दीपक थापा, अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ र मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख कृष्ण पंगेनी सहभागी थिए।
बैठकमा स्पेन पठाइएका नेपालीहरूबारे उठेका प्रश्नहरूको छानबिन गर्न निर्देशन दिइएको छ।
विशेष गरी कसले, कुन संस्थाले, र कति रकम लिएर व्यक्ति पठाएको भन्नेबारे अनुसन्धान गर्न गृहमन्त्रीको जोड थियो। गृह मन्त्रालयले यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।







