कराँची । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानका प्रमुख सहरहरूमा भीषण प्रदर्शन र हिंसा भड्किएको छ। आइतबार देशभर भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। विशेषगरी शिया समुदायको बाहुल्यता रहेका क्षेत्रहरूमा प्रदर्शनले उग्र रूप लिएपछि […]
समाचार
आजदेखि १ हप्तासम्म सार्वजनिक बिदा
काठमाडौँ । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले १ हप्तासम्म सार्वजनिक बिदाको अवसर जुटेको हो । साताव्यापी सार्वजनिक बिदा भएसँगै […]
काठमाडौं उपत्यकासहित आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा
काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, […]
मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीको सुरक्षाका लागि सरकारले मिलायो व्यवस्था
काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाइएको जानकारी गराएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । ‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन […]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
काठमाडौँ । इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो। जसमध्ये एक जना नेपाली नागरिक रहेको उल्लेख छ। अर्का एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन्। अरू ५८ जना सामान्य घाइते समेत रहेको मन्त्रालयले उल्लेख गरेको छ। यूएईका […]
पूर्वमन्त्री रञ्जितालाई थुनामै राख्नुपर्ने माग गर्दै अख्तियार पुग्यो सर्वोच्च
पोखरा । पोखराको लिचीबारी जग्गा प्रकरणमा नेकपाकी नेता तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा राख्नुपर्ने माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष अदालतको आदेश बदर हुनुपर्ने र थुनामै राखेर उनीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारले आइतबार सर्वोच्च अदालतमा निवेदन दिएको हो। उनलाई फागुन १० गते (आइतबार) विशेष अदालतको न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त […]
अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि नाका बन्द हुने
काठमाडाैँ । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राती १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो । निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । […]
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रसाईं पछिल्लोपटक ४ […]
सरकारले भन्यो- मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा उच्च प्राथमिकतामा
काठमाडौं । मध्यपूर्वी देशहरूमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखिएको बताउँदै त्यसका लागि विभिन्न कूटनीतिक तथा प्रशासनिक पहल सुरु गरेको जनाएको हो । परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव […]
निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको मानव अधिकार आयोगको निष्कर्ष
काठमाडौं । राष्ट्रिय मानव अधिकार कायोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको मानव अधिकार आयोगको निष्कर्ष निकालेको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेल विज्ञप्ति निकालेर भनेका छन्, ‘आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ ।’ देशका विभिन्न भागमा र्याली तथा सभाहरुमा बालबालिका सहभागी हुनु, पत्रकारहरुमाथि धम्की […]











