काठमाडौं । संवैधानिक कानूनविद् डा. भीमार्जुन आचार्यले नेपालले पनि भारतको सीमा मिचेको भन्दै प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहले आजै प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि त्यसबारे जानकारी पाएको बताएका थिए । उनको अभिव्यक्तिमाथि चर्को आलोचना भइरहेको […]
समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको विषय राष्ट्रघाती
काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको विषयमा थप प्रष्टिकरण र प्रधानमन्त्रीको जवाफ मागेका छन् । भारतीय जमिन नेपालले पनि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको भनाई राष्ट्रघाती रहेको नेकपाका नेता वर्षमान पुनले बताए । संसदमा आज प्रधानमन्त्रीले सोकुरा बोलेर बाहिरिएका थिए । संसद भवन प्राङ्गणमा मिडियासँग बोल्दै नेकपाका नेता पुनले प्रधानमन्त्री बालेनको यो भनाई […]
प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित गरिएको छ । सभाको आइतबारको बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सर्वसम्मत पारित गरिएको हो । उक्त विधेयकमाथि विभिन्न सांसदहरूले समावेशीता र प्रतिनिधित्वसम्बन्धी प्रावधानलाई थप स्पष्ट तथा प्रभावकारी बनाउन संशोधन प्रश्ताव पेश गरेका थिए । तीन […]
विभाजनको संघारमा राप्रपा, नयाँ बाटो तय गर्ने धवल शम्शेरको घोषणा
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ। महामन्त्री धवल शम्शेर राणाले आज एक आह्वान जारी गर्दै नयाँ बाटो तय गर्ने निर्णय गरेको घोषणा गरेका हुन्। लामो समयदेखि अध्यक्ष लिङ्देनको कार्यशैलीमा महामन्त्री राणाले असहमति राख्दै आएका थिए। उनले तत्काल महाधिवेशन मिति घोषणा गर्न नेतृत्वलाई अल्टिमेटमसमेत दिएका थिए। अध्यक्ष लिङ्देनले भने महामन्त्री […]
प्रधानमन्त्री बालेनले जिबी राईबारे सोधिएको प्रश्नमा जबाफ दिएनन्
काठमाडौँ । सहकारी ठगीमा फरार रहेका जिबी राईबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले उत्तर दिएनन्। आइतबार प्रधानमन्त्रीले संसदमा अकास्मात् प्रश्न गर्न भनेपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितको बचत फिर्ता र जिबी राईबारे प्रश्न गरेका थिए। ‘नेपालमा सहकारीको ठूलो घोटला भयो। थुप्रै आन्दोलन भयो। जिबी राईलगायतका थुप्रै मानिसहरू कहिले पक्राउ पर्छन्? विशेषतः जिबी […]
ऐन महर, ध्रुव र आरेन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एमालेका ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरेन राईले मर्यादा कायम नगरेको भन्दै उनीहरूलाई भाषा सुधार्न सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका छन् । आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत […]
सुकुमबासी व्यवस्थापनमा ३५ वर्षअम्म हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे । उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले […]
मानव अधिकार आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेको छैन : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार अयोगले जेनजी आन्दोलनको विषयमा तयार पारेको छानबिन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइनसकेको बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनबारे तयार पारेको छानबिन प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आइनसकेको बताएका हुन्। […]
प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनले के-के भने ?
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका छन् । लामो समयदेखि विपक्षी दलले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग उठाएपछि प्रधानमन्त्री एकाएक सदनमा उपस्थित भएका हुन् । त्यस क्रममा प्रधानमन्त्री शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको […]
एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ […]











