महेश बर्तौला भन्छन् : उपसभामुखबारे संसद्‌मा उठेको प्रश्न कसरी बिट मार्ने भन्नेबारे छलफलमा छाैँ

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेकाले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएका छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा भएको सत्तारुढ दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग बर्तौलाले सदनमा उठेको प्रश्नलाई कसरी बिट मार्ने भनेर छलफल भइरहेको बताए । ‘उपसभामुखज्यूका बारेमा प्रतिनिधिसभामा प्रश्न उठेको […]

सरकार आफ्ना मान्छेलाई जग्गा बाँड्न प्रपञ्च रच्दैछ : माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप लगाएको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् । साथै, वर्तमान सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष पार्टीले निकालेको पनि सापकोटाले बताए । […]

हमासले स्वीकार्‍यो युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्ताव

काठमाडौं । प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ । हमासले मिस्र र कतारले युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि राखेको प्रस्तावमा हमासले सहमति जनाएको बीबीसीले प्यालेस्टाइनी समूह स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । मिस्र र कतारको उक्त प्रस्ताव अमेरिकी […]

रविलाई भिटामिन डीको कमी, परामर्श दिन चिकित्सक नख्खु कारागार जाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने शरीरमा भिटामिन-डी कमी भएको पाइएको छ । सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । रगतको नमुना लिनका लागि ट्रमा सेन्टरबाट डा. जितेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी गएका थिए । अस्पताल स्रोतका अनुसार रगतमा रिर्पोटमा भिटामिन डी मात्रा कम देखिएको छ । आज उक्त […]

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो । जसअनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोही सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैबिच […]

रहेनन् नेपाली कांग्रेसका त्यागी नेता एवं समाजसेवी नायक कोइराला

सर्लाही । प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका सेनानी बासुदेव शरण कोइरालाको निधन भएको छ । विपी कोइरालाका सहकर्मीसमेत रहेका नेपाली कांग्रेसका अग्रज नेता एवं नेपाल किसान संघका पूर्व अध्यक्ष उनको मंगलवार बिहान ९३ वर्षको उमेरमा निधन भएको हो । सर्लाहीको लालबन्दी-२ जुटपानीमा आफ्नै निजी सम्पतिबाट आफ्ना बुवाआमाको सम्झनामा पद्मभुवनेश्वरी नमूना बृद्ध सेवाश्रम स्थापना गरी समाजसेवामै जीवन […]

एमालेले एकाएक किन बोलायो आफ्ना सांसदलाई सिंहदरबार ?

काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए । ‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ, छलफलको विषय जानकारी गराइएको छैन ।’ एक सांसदले भने । संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा […]

भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न पूर्वमन्त्री साहको सुझाव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् । सरकारले बिचौलिया, भूमाफियाका लागि भूमि विधेयक ल्याएको बताउदै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आजपा अध्यक्ष साहले संविधानमा भएको व्यवस्था अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित […]

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ जसको प्रभावले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी […]

करारका कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश

काठमाडौ । सर्वोच्च अदालतले करारमा कार्यरत कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन सरकारलाई परमादेश दिएको छ। सरकारी कार्यालयका करार कर्मचारीमाथि विभेद भएको भन्दै दायर गरिएको रिटमाथि सोमबार न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटा लगयतले गत असारमा करार कर्मचारीहरूले पनि महँगी भत्ता […]