८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने […]

प्रधानमन्त्री भन्छन्- विद्यालयमा छात्रभन्दा छात्रा बढी, नतिजामा पनि छात्रा नै अगाडि

ललितपुर । महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर देशको समृद्धिका लागि काम गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीका अनुसार उद्यमशीलताको विकासमार्फत मात्र समृद्धि सम्भव छ। उनले सरकार महिला र युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे। “यस सम्मेलनबाट […]

यी हुन् बहुप्रतिक्षित दश हिन्दी फिल्म

मुम्बई । आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची  सार्बजनिक गरेको छ ।  जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् । १. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, श्रुति […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा खादा, माला र परिचय खुल्ने पोसाक लगाउन रोक

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ। अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो । यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि लागू हुने कार्यालयले जनाएको छ […]

आज देशका यी जिल्लामा छ आकस्मिक बाढीको जोखिम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। शुक्रबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित […]

आज माओवादीसहित १२ दलले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ । […]

एसईईमा चार जिपिए ल्याउने भक्तपुरका तीस विद्यार्थीलाई सम्मान

SEE Bhaktapur

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने भक्तपुरका ३० विद्यार्थी र १९ विद्यालयलाई सम्मान गरिएको छ । विहीबार एक कार्यक्रमकाबीच उनीहरु सम्मानित भएका हुन् । नेपाल प्रेस सोसाइटी भक्तपुरले आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष […]

सरकारी रकम भुक्तानीमा भद्रगोल, एकैदिन ३८ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी

काठमाडौ । सरकारी खर्च गर्न पाइने अन्तिम दिन असार २५ गते सरकारले ३८ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको छ । महालेखा नियन्त्रकको कार्यालयअनुसार पुँजीगततर्फ २१ अर्ब ७३ लाख, चालुतर्फ १४ अर्ब ९३ करोड र वित्तीय व्यवस्थातर्फ एक अर्ब ९४ करोड रुपैयाँ भुक्तानी भएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा […]

कांग्रेस महामन्त्री भन्छन् – कार्वन उत्सर्जन न्यूनीकरणमा नेतृत्व लिनुपर्छ

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्वन उत्सर्जन न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले हालको विश्वव्यापी साझा चुनौती जलवायु परिवर्तन भएको बताए। उनले सोच, संकल्प र व्यवहारिक कार्यान्वयनमा जोड […]

७ अस्पताललाई बागमतीको स्वास्थ्य मन्त्रालयले उपलब्ध गरायो एनेस्थेसिया वर्क स्टेसन

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ७ वटा आफ्ना प्रादेशिक अस्पताललाई एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराएको छ । भक्तपुर अस्पताललाई दुई थान र अन्य बज्रबाराही अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, रत्ननगर बकुलहर अस्पताल, चौतारा अस्पताल, पशुपति चैलागाई अस्पताल दोलखा र धादिङ अस्पताललाई एक-एक वटा एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराइएको स्वास्थ्य सचिव डा सुमित्रा गौतमले जानकारी […]