भारत–चीनबीच सम्झौता नेपालको सार्वभौमिकता माथि हस्तक्षेप : माओवादी केन्द्र

धनगढी । भारत र चीनबीच हालै भएको सम्झौतामा लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति हुनु नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले जनाएको छ। प्रदेश इन्चार्ज एवं पार्टीका केन्द्रीय सचिव गिरिराजमणि पोखरेलले एक प्रेस नोट जारी गर्दै लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन-भारतको सहमति आफूहरूलाई अस्वीकार्य रहेको […]

सप्तरी अनुभवको पाठशाला, सुन्दा भन्दा भोग्दा सहज : प्रजिअ दाहाल

Bhola Dahal, CDO

सप्तरी । सप्तरीबारे प्रशासनिक तहमा प्रायः देखाइने नकारात्मक बुझाइ पूर्णतः निराधार पुष्टि भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले स्पष्ट पारेका छन्। गृह मन्त्रालयको निर्णयअनुसार सप्तरीबाट दोलखाको प्रजिअमा सरुवा भएका दाहालले शुक्रबार जिल्लाका सञ्चारकर्मीहरूसँग आयोजित विदाई कार्यक्रममा आफ्नो नौ महिने सप्तरी बसाइको अनुभव साझा गर्दै सो कुरा प्रष्ट्याएका हुन्। “यहाँका राजनीतिक दलहरूबाट दबाब आउँछ भन्ने […]

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्‍याइएकाे कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु […]

तुइन खोलानजिक खस्यो ढुंगासहितको पहिरो, नारायणगढ–मुग्लिन सडक अवरूद्ध

काठमाडौँ । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान ६:३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो। सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।उनका अनुसार एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ। पहिरोका […]

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा । पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ बाजे मघाङ केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा कुनै विवरण प्राप्त हुन सकेको छैन […]

नेसनल प्याव्सनको लोकनृत्य प्रतियोगिता, सेन्ट जोन्स र प्रसादी प्रथम

NPABSON Bhaktapur

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित सामूहिक र एकल लोकनृत्य प्रतियोगिता २०८२, चाँगुनारायणको नगरकोट फेदीस्थित क्वालिटी स्कुलमा सम्पन्न भयो। एकल नृत्यतर्फ सूर्यविनायक–५ को सेन्ट जोन्स स्कुलकी छात्रा विबिशा बिबिसा तामाङ पहिलो स्थानमा रहिन्। दोस्रो स्थान सूर्यविनायक–८ को सेक्रेड हार्ट एकेडेमीकी म्हारमेन तामाङले, तेस्रो स्थान सूर्यविनायक–५ को युनिटी स्कुलकी दीपशिखा खड्काले र सान्त्वना स्थान सूर्यविनायक–३ को […]

तीज कार्यक्रममा समाजसेवीहरू सम्मानित

काठमाडौ । हरितालिका तीजको अवसर पारेर एस.एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्‍यो ।  सम्मानित हुनेहरुमा साझा विवेकशील पाटीकी अध्यक्ष एवं समाजसेवी समीक्षा बास्कोटा, नेपाल खड्गी समाजकी अध्यक्ष रहेकी समाजसेवी अन्जिता खड्गी, समाजसेवी अन्जु गौतम र विजया भट्टराई तथा समाजसेवी एवं राजनीतिज्ञ […]

किशोर श्रेष्ठको “म अनि मेरा भोगाइहरु”को परिचर्चा सम्पन्न

काठमाडौ । साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले संयुक्त रुपमा अनेसास नेपाल च्याप्टरका निवर्तमान काोषाध्यक्ष सर्जक किशोर श्रेष्ठ “आवाज”को “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिको “परिचर्चा” कार्यक्रमको सप्पन्न गर्‍यो । काठमाडौं महानगरपालिका वडा नं. २९ को अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा कक्षमा सम्पन्न सो कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका […]

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभामै पठाउँछ । पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।

शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं । शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक […]