दशैँ–तिहारका लागि नेपाल टेलिकमले ल्यायो अफरै अफर

नेपाल टेलिकमले दशैँ, तिहार अफर ल्याएको छ। घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ। नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको […]

पीसीआर परीक्षण गरे बापत शुल्क लिन नपाइने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको परीक्षण पीसीआर परीक्षणलाई निःशुल्क गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।सरकारी अस्पताल वा निकायमा पीसीआर परीक्षण गर्दा शुल्क लिन नपाइने भनी फैसलामा भनिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।सर्वोच्चले कोरोनाको परीक्षणलाई आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या फैसलाको पूर्णपाठमा […]

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल पुनः निर्वाचित

काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद (एचआरसी) को सदस्यका रुपमा नेपाल पुनः निर्वाचित भएको छ । अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको चुनावमा नेपाल सदस्यमा निर्वाचित भएको हो । नेपाल अहिले मानव अधिकार परिषदको सदस्यका रुपमा रहेको छ, सन् २०१८ को जनवरीदेखि । १५० मतसहित पुनः सदस्यका रुपमा निर्वाचित भएको नेपालले परिषदमा सदस्यका […]

नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले गरे अस्वीकृत

एजेन्सी । काजखस्तानका राष्ट्रपतिले देशका नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकृत गरेका छन् । यससँगै मध्य एसियाली देश काजखस्तानमा राजनीतिक संकट थप गहिरिएको छ । सांसदले राष्ट्रवादी राजनीतिज्ञ साडिर जापरोभलाई प्रधानमन्त्रीमा चयन गरे पनि राष्ट्रपति सूरोन्बे जीनबेकोभले अस्वीकृत गरेका हुन् । उनले संसदलाई पुनः मतदान गर्न भनेका छन् । सांसदहरुले जापरोभलाई निर्वाचित गर्ने क्रममा मतदानका नियमहरु पालना गरेको […]

घरभित्रै बसेर दसैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह

चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव […]

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या झण्डै १३ सय

धनगढी । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ। मंगलबार सम्म प्रदेशमा ८ हजार २ सय पाँच जनामा संक्रमण पुष्टि भएको र ती मध्ये सक्रिय संक्रमित १२ सय ८२ रहेको छ। प्रदेशमा मंगलबार ८१ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १२ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार […]

क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन्। पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो । ३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको एफपीएफले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । पोर्चुगलले नेशन्स लिगमा बुधबार स्वीडेनको सामना गर्ने छ […]

मंगलबार १८ संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने पुगे ६६३

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित भएका ६६३ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस लागेर पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको जनाएको छ । कोरोनाका कारण राजधानी काठमाडौं पूरै आक्रान्त बनेको छ । काठमाडौंमा भाइरसको दैनिक […]

तीन मन्त्री र सचेतक फेर्ने सहमतिपछि मुख्यमन्त्री शाहीको पद जोगियो, सबै बोलाइए काठमाडौं

काठमाडौं, २७ असोज । आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि पद धरापमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । पार्टी केन्द्रमा शिर्ष नेताहरुको सहयोगमा उनले आफ्नो पद जोगाउन सफल भएका हुन् । स्रोतका अनुसार पार्टी केन्द्रमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीच कर्णाली प्रदेशमा देखा परेको समस्या सुल्झाउने बारे सहमति […]

देशभर ३५५६ जना नयाँ संक्रमित थपिदा, २१३९काठमाडौंका

काठमाडौं, २७ असोज । मंगलबार नेपालमा ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १५५७७ नमूना परीक्षण गरिएको जानकारी दिएको छ । मंगलबार संक्रमित भएका ३५५६ संक्रमितमध्ये २१३९ जना काठमाडौंका रहेको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ […]