काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ), नेपालय इन्टरनेशनल र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले संयुक्त रूपमा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ आयोजना गर्ने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी जिल्ला छनोट भदौ २० गते, प्रदेश छनोट कार्तिक १६–२३ र केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले मङ्सिर ५–७ मा काठमाडौंमा हुने कार्यतालिका प्रस्तुत […]
समाचार
चक्रे मिलनसहित १९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। यसअघि थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच […]
सर्लाहीमा स्कुल बसबाट खसेर कक्षा ३ का १३ वर्षीय विद्यार्थीको निधन
सर्लाही २३, साउन । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका […]
धादिङको जरेखेतमा रूखसहितको पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध
धादिङ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । […]
उत्तराखण्ड बाढीमा १७ जना नेपाली परेको आशंका छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड क्षेत्रमा गत साउन २० गते आएको बाढीमा नेपालका १७ जना परेको आशंका व्यक्त गरेका छन्। हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा परेका नेपालीहरूको उद्धारका लागि कूटनीतिक पहल भइरहेको बताएका हुन्। ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी […]
ललितपुरमा ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना
ललितपुर । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा महासंघ ललितपुर शाखा र झम्सीखेल निवासी लक्ष्मणबहादुर विष्टबीच पुरस्कार स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर गरिएको हो। नयाँमार्ग साप्ताहिकका सम्पादक तथा प्रकाशक विष्टले स्वर्गीय आमा राधा विष्टको स्मृतिमा एक […]
ईप्सनको वादविवाद प्रतियोगितामा युनिटीका दीपशिखा र क्वालिटीका अभिषेक प्रथम
भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि मैदान बनेको छ। यही कुरालाई चरितार्थ गरेको छ एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको वादविवाद प्रतियोगिताले, जुन सुर्यविनायक-३ बालकोटस्थित ईडेन गार्डेन इङ्ग्लिस स्कुलको आयोजनामा भव्य रूपमा सम्पन्न भएको हो । प्रतियोगितामा छात्राका लागि “विद्यार्थीलाई सजाय होइन, प्रोत्साहन आवश्यक छ” […]
भदौ दोस्रो साताबाट आन्दोलन गर्ने शिक्षक महासङ्घको निर्णय
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने […]
एक वर्षमा साढे १७ अर्बको बिजुली निर्यात, नेपाल बन्यो खुद निर्यातकर्ता
काठमाडौँ। गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको छ । नेपालले गत वर्ष वैदेशिक बजारमा विद्युत् निर्यात बढाउँदा एक वर्षमै साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो । नेपाल विद्युत् प्राधिकरणले आव २०८१/०८२ को अवधिमा भारतमा करिब १७ […]
शिक्षक बढुवा तीन तरिकाबाट गर्ने प्रस्ताव शिक्षा समितिबाट पारित
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट तीन तरिकाबाट शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार सिंहदरबारस्थित समिति सचिवालयमा बसेको बैठकले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो । समिति बैठकमा मन्त्रालयका सचिव चूडामणि पौडेलले पेस गरेको आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनबाट बढुवा […]











