बुद्ध भजन प्रतिभाको खोजीमा अगिना र सुशील भए प्रथम

काठमाडौं । बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरुको घोषणा भएको छ । बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाईन प्रतिभाको खोजी अन्तर्गत विजेताहरुको घोषणा गरिएको हो । नेपाली बुद्ध भजन विधामा शनिबार काठमाडौंमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अगिना तण्डुकार प्रथम भइन् भने रेशम थापाले दोश्रो स्थान हासिल गरे । त्यस्तै कल्पना श्रेष्ठ तृतीय भइन् […]

आइतबार २४ घन्टामा थपिए २०७१ जना कोरोना संक्रमित, उपत्यकामा मात्र १४१६

काठमाडौं, २५ असोज । शनिवार संक्रमणले उच्च अंक लिएको नेपालमा आइतबार भने कम संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आइतबार २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमितको संख्या पाँच हजार नाघेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १२,४२७ नमूना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको […]

दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

काठमाडौँ । यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट वितरण नगर्नेबारे राष्ट्र बैंकले औपचारिक सूचना जारी गरिसकेको छैन । तर, गत साता बसेको सञ्चालक समिति बैठकमा यसबारे छलफल भइसकेको छ । […]

अनुसन्धान ब्युरो स्थापना गर्न प्रदेश २ मा विधेयक पारित

धनुषा । प्रदेश नं २ प्रदेशसभा बैठकले अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशभित्र भएका वा हुन सक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना सङ्कलन गर्ने, गराउने ब्युरोको प्रमुख कार्य हुने जानकारी दिए । ब्युरोले प्रदेशभित्रको शान्तिसुरक्षा र सुव्यवस्था, […]

कोरोना संक्रमणबाट नेपालमा एकै दिन २९ जनाको मृत्यु

काठमाडौं, २५ असोज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एककक जनाको मृत्यु भएको हो । यस्तै चितवनको भरतपुरमा ठेगाना […]

पर्यटनमन्त्री भट्टराईपछि शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको चपेटोमा सरकारका उच्च अधिकारिदेखि मन्त्रीसम्म पर्न थालेका छन् । शनिबार मात्रै पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको थियो भने आइतबार अर्का मन्त्रीमा कोरोना पुष्टि भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए […]

मन्त्रिपरिषदले गर्यो यस्ता निर्णय, ६ महत्वपूर्ण निकायमा नियुक्ति

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश (प्रकाश) पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । गत असोज २२ गते बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा काडमाडौं महानगरपालिका वडा नंबर २१ का सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम […]

कर्णालीका मुख्यमन्त्री विरुद्ध सत्तारुढ दलकै सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव

सुर्खेत । कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आजको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन्। उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ १ बमोजिम संसदीय दलका […]

बडा दशैँको प्रयोजनको लागि नयाँ नोट सटही नहूने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक बर्ष नयाँ नोट साट्ने गरेकोमा यो बर्ष नसाटने जानकारी गराएको छ । हरेक बर्ष राष्ट्रिय चाड बडादशैं अगाडी नै आम सर्वसाधारणले हेर्दै आएका नयाँ नोट यस बर्ष कोरोना महामारीका कारण नयाँ नोट सटही नहुने राष्ट्र बैंकले बताएको छ । नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा […]

जागरुक युवा समाजले गरे काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रम

काठमाडौं। जागरुक युवा समाजले काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा गत शनिबार काठमाडौंको इतुम्बहालमा रक्तदान कार्यक्रम गरेको हो । ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा समाजले रक्तदान कार्यक्रमको आयोजन गरेको हो । कार्यक्रममा २१ जना रक्तदाताले रक्तदान गरेका थिए । पछिल्लो समयमा जागरुक युवा समाज […]