विप्लव माओवादीले गर्‍यो सचिवालय सदस्य उमा भुलेलमाथि कारवाही, भइन जिम्मेवारी मुक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टीका सचिवालय सदस्य उमा भुजेल सिलुलाई कारबाही गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै भुजेललाई सबै जिम्मेवारीबाट मुक्त गरेको बताएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई केन्द्रीय समिति लगायतका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । माओवादी द्वन्द्वकालमा गोरखा जेल […]

७ दिनभित्र भू-स्वामित्वसहित पुनःस्थापना नभए पुरानै ठाउँमा फर्किने विस्थापित सुकुमवासीहरुको चेतावनी

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएर कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूले ७ दिनभित्र भू-स्वामित्वसहितको पुनःस्थापना नभए पुरानै बसोबास क्षेत्रमा फर्किने चेतावनी दिएका छन्। पीडितहरूले संयुक्त रूपमा प्रधानमन्त्री, गृहमन्त्री तथा भूमि व्यवस्था मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो स्थायी पुनःस्थापना, जमिनको स्वामित्व तथा सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चित गर्न माग गरेका […]

सुन र चाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ घटेको छ । गत सोमबार सुनको […]

अमेरिका र इरान सम्झौतालाई ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी

वासिङ्टन डिसी । अमेरिका र इरानबिच भर्खरै टुंगिएको युद्ध अन्त्य गर्ने सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थकहरूले ‘रणनीतिक जित’ का रूपमा व्याख्या गरिरहेका छन्। यद्यपि, यस सम्झौताका खास सर्तहरू अझै सार्वजनिक भएको छैन। शुक्रबार हस्ताक्षर हुने प्रारम्भिक समझदारी पत्रमा कुन कुन प्रतिबद्धताहरू समावेश हुनेछन् र इरानको परमाणु कार्यक्रमजस्ता मुद्दाहरू सम्झौतामा हस्ताक्षर भएपछि मात्रै […]

आज सात वटै प्रदेश सरकारले बजेट ल्याउदै

काठमाडौँ । आज मुलुकका सात वटै प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेट ल्याउदैछन्। संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरूले असार १ मा बजेट ल्याउनुपर्छ। कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा आकार बढाएर करिब ४० अर्ब बराबरको बजेट प्रदेश सभामा पेस गर्दैछ। आज अपराह्न ४ बजे प्रादेशिक संसद्को बैठकमा आर्थिक मामिलामन्त्री बिदुर लिङ्थेपले आगामी वर्षको आर्थिक खाका […]

योगेश भट्टराई भन्छन् : लोभ–पाप छैन, एमाले पुनर्गठन हुन्छ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्।  पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा ओली आफै मैदानमा उत्रिएपछि पार्टीभित्र ध्रुवीकरण बढेको छ। त्यही सन्दर्भमा भट्टराईले सामाजिक सञ्जालमा छोटो कवितांश प्रस्तुत गर्दै एमाले पुनर्गठन भइ छाड्ने बताएका हुन्। ‘ढुक्क रहनुहोस्! लोभ छैन, पाप छैन। पुनर्गठन हुनेछ। […]

सहकारी संचालकको कमजोरी लुकाउन डेरी उद्योगलाई बदनाम नगर्न आग्रह

राजेशमान मानन्धर, भक्तपुर । भक्तपुरको जय शम्भु डेरी उद्योगले चितवनको भरतपुरस्थित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाले व्यवसायिक हित प्रतिकुल कार्य गरेको जनाएको छ । सहकारी संचालकले आफ्ना कमजोरी लुकाउन कारोवार सकिएको दुई वर्षपछि उद्योगले भुक्तानी नदिएको भन्दै किसानलाई भ्रमित बनाएको उद्योगका अध्यक्ष कृष्णगोपाल सैंजुले बताएका छन् । आइतवार प्रेस बिज्ञप्ति जारी गर्दै उद्योगका अध्यक्ष सैंजुले […]

९ मन्त्रालयको बजेटमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। दोस्रो अधिवेशनअन्तर्गत बस्न लागेको २३औँ बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेस हुनेछ। बैठकको सुरुमै सभामुखले प्रतिनिधि सभाअन्तर्गतका […]

मौसम पूर्वानुमान : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन

काठमाडौँ । हाल नेपालको मौसममा विभिन्न मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। यसैका कारण देशका फरक-फरक भू-भागमा मौसमको विविध रूप देखिन थालेको छ। अहिले देशको हिमाली र पहाडी […]

अमेरिकी स्वतन्त्रता दिवसका दिन इरानले खामेनीको अन्तिम संस्कार सुरू गर्ने

काठमाडौँ । इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कारका कार्यक्रम जुलाई ४ देखि सुरू गर्ने भएको छ।राजधानी तेहरानबाट खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम सुरू हुने भनिएको छ। जुलाई ४ मा अमेरिकाले २५० औं स्वतन्त्रता दिवस मनाउँदैछ। अमेरिकी स्वतन्त्रता दिवसकै दिन खामेनीको अन्तिम संस्कार सुरू गरिनु संयोग मात्रै नभई इरानले अरू सन्देश दिन खोजिएको आकलन […]