काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापना रिट सर्वोच्च अदालतमा पेस गरेको छ। मंगलबार निवर्तमान प्रमुख सचेतक महेश बर्तौलासहित नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापना रिट अदालतमा बुझाएका हुन्। बर्तौलाका अनुसार विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा मुख्यत: ६ वटा मागदाबी गरिएको छ । १. प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भएसकेका व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन […]
समाचार
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए । […]
निर्वाचन आयोगसँग नेपाल जेनजी फ्रन्टले राख्यो तीन वटा माग
काठमाडौँ । नेपाल जेनजी फ्रन्टले निर्वाचन आयोगसँग प्रवासी नेपालीहरूको मतदान सुनिश्चित गर्ने लगायतका तीन वटा माग राखेको छ। सोमबार फ्रन्टका प्रतिनिधिहरू बिनिता बोगटी, अमृता बन लगायतले निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई तीन बुँदे मागपत्र बुझाएका हुन्। फ्रन्टले प्रवासी नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन माग राखेका छन्। देशभित्र एक जिल्लाबाट अर्को जिल्लामा बसोबास गरिरहेका नागरिकहरूलाई […]
जनकपुरमा राम–जानकी विवाह पञ्चमी मनाइँदै, मधेस प्रदेशमा आज सार्वजनिक बिदा
जनकपुरधाम । त्रेता युगमा भगवान श्रीराम र माता सीताको विवाहको स्मरणमा मनाइने राम–जानकी विवाह पञ्चमी जनकपुरधाममा भव्य रूपमा मनाइँदैछ । एक साता अघिदेखि नै विवाह पञ्चमीको तयारी सुरु हुन्छ । मन्दिर प्राङ्गण, सडक र रंगभूमि मैदान विभिन्न सांस्कृतिक झाँकी, फूल, दीप, झिलिमिली सजावट र धार्मिक सामग्रीले सजाइन्छ । आज हुने विवाहका लागि जानकी मन्दिरको विशाल […]
पद्म माविको १०२ औं वार्षिकोत्सव, भवन नबन्दा मन्त्रीलाई नै लाज
भक्तपुर । देशकै दोस्रो पुरानो विद्यालय भक्तपुर-३ स्थित श्री पद्म माध्यमिक विद्यालयले सोमबार आफ्नो १०२औँ वार्षिकोत्सव तथा कलेजको १६औँ स्थापना दिवस मनाएको छ । बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा विशेष समारोहसहित कार्यक्रम सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मन्त्री श्रेष्ठले भूकम्पबाट […]
सरकारी विज्ञापनको भुक्तानीमा एजेन्सीलाई कडाइ, सञ्चारमाध्यमको बिल अनिवार्य
काठमाडौ । सरकारले अबदेखि सरकारी विज्ञापनको रकम भुक्तानी गर्दा तेस्रो पक्ष (सञ्चारमाध्यम) को बिल अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ। विज्ञापन एजेन्सी र कर्मचारीबीचको मिलेमतोमा हुने आर्थिक अपचलन रोक्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय र मातहतका निकायहरूलाई निर्देेेशनात्मक परिपत्र जारी गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञापनमा हुँदै आएको अनियमितता […]
सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ९४ रनमा अलआउट
काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बी म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो । १४० रनको लक्ष्य पछ्याएको कर्णाली […]
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
काठमाडौँ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो। सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। ‘शोले’ मा बहुचर्चित वीरूको भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म […]
मेरी संजीवनीको लोकार्पणका साथै पुस्तक हस्तान्तरण सम्पन्न
अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य गीतकार सजु पौडेल बरालको ‘मेरी सञ्जीवनी’ गीतसङ्ग्रह लोकार्पणका साथै पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गत आइतवार पोखरामा भएको कार्यक्रमको आयोजना पृथ्वीनारायण क्याम्पस नेपाली विभागले गरेको थियो । गीतसङ्ग्रह क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठक, विभागीय प्रुमख डा. यमनाथ तिमिल्सिना, पूर्व विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, उपप्राध्यापक गीताकुमारी पौडेल, गीतकार सजु […]
लो प्रोफाइलमा रहँदै आएका सुमनराज मुख्यसचिव नियुक्त
काठमाडौ । सरकारले सचिव सुमनराज अर्याललाई निजामती सेवाको सबैभन्दा उच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम अनुमोदन गरेको हो। पहिलेका मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ मुख्यसचिवको दौडमा प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम पनि चर्चामा थिए। तर अन्ततः सरकारको रोजाइमा […]











