काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् । ‘यसै सूचनामार्फत म मेरो […]
समाचार
अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको हो । चिसोका कारण […]
देशभर पश्चिमी वायुको प्रभाव, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली […]
बुद्ध एयर भद्रपुर विमान दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते
काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना सामान्य घाइते भएका छन् । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वे नाघ्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि पुगेपछि घाँसे झाडी र माटोमा भासिएर दुर्घटनाग्रस्त […]
वातावरण सरसफाइ र परम्परागत पेसा प्रवर्द्धन गर्नेे माैलिक पर्व : छ्याला पुन्ही
सत्य राम कासिछवा, सूर्यमढी-९, भक्तपुर । नेवार समुदायका मानिसले वातावरण सरसफाइ गर्नुका साथै आफ्नो माैलिक परम्परागत पेसालाई समेत जीवन्तता दिने गर्दछ । यहीँ क्रममा नेवार समुदायमा रहेका विभिन्न चाडपर्वहरू कृषि र सरसफाइसँग सम्बन्धित रहेका छन् । जसमध्ये एक हो, पौष शुक्ल पूर्णिमाको दिन नेवार समुदायले मनाइने पर्व छ्याला पुन्ही । यसदिन नेवार समुदायको घरमा वर्षभरि […]
चुनाव बहिस्कार गर्न ६ दलको अपिल
काठमाडौँ । देशको वर्तमान परिस्थितिको समीक्षा गर्दै छ वटा कम्युनिस्ट पार्टीले संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरेका छन्। आगामी राष्ट्रिय निकासका लागि साझा धारणा बनाउँदै उनीहरूले निर्वाचन बहिस्कारको नीति लिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी तथा समाजवादी कम्युनिस्ट […]
जेनजी आन्दोलनपछि राष्ट्रिय युवा परिषदको पहिलो बैठकमा यस्ता निर्णय
भक्तपुर । जेनजी आन्दोलनपछि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय युवा परिषद्को पहिलो पूर्ण बैठक सम्पन्न भएको छ। शुक्रबार बसेको परिषद्को १९औं बैठकले युवामुखी कार्यक्रम कार्यान्वयनदेखि शोक प्रस्तावसम्मका महत्वपूर्ण निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै परिषद अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री गुप्ताले मन्त्रालयको बजेट अत्यन्तै न्यून भएकाले अपेक्षित कार्य गर्न चुनौती […]
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो
काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए । काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो । […]
देश, जनता र संविधान बचाउन समाजवादी एकता : प्रचण्ड
संखुवासभा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिस्ट पार्टी संखुवासभाको एकता सन्देशसभामा संयोजक प्रचण्डले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताए । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । सङ्कटमा परेको राष्ट्रलाई […]
कुलमान घिसिङ रास्वपा प्रवेश गरेको विषय जानकारीमा आएको छैन : सरकारका प्रवक्ता
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताए । ‘कुलमान घिसिङ […]











