श्रेष्ठ पुस महिनाको उत्कृष्ट प्रहरी घोषित

Krishna Shrestha

काठमाडौं । सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यसहित गरिएको प्रभावकारी प्रहरी अनुसन्धानमार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठलाई २०८२ साल पौष महिनाको उत्कृष्ट प्रहरी “Police of The Month” घोषित गरिएको छ। प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्ने, अनुसन्धान कार्यलाई नतिजामुखी बनाउने तथा आम नागरिकको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गरेको […]

सिन्धुलीमा २८ उम्मेदवारको मनोनयन दर्ता

सिन्धुली । प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना र क्षेत्र नम्बर २ मा १६ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट डेकेन्द्र प्रसाद सुवेदी र […]

भक्तपुर २ मा ३२ उम्मेदवारको मनोनयन दर्ता

भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ३२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। राजनीतिक दलका तर्फबाट १७ जना र स्वतन्त्र १५ जना गरी ३२ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामप्रसाद सापकोटा दीपशिखाले उम्मेदवारी दर्ता गराएका छन् । […]

देउवाले खोसेको टिकट गगनबाट लिएर पुनः चुनावी मैदानमा उत्रिए मीनेन्द्र रिजाल

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मीनेन्द्र रिजाल मोरङ-२ बाट पुनः चुनावी मैदानमा उत्रिएका छन् । आगामी निर्वाचनका लागि कांग्रेसका तर्फबाट उनले मोरङ– २ मा उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र समीकरणमा आएको फेरबदलमा रिजालले टिकट हात पारे । २०७९ सालको निर्वाचनमा सभापति शेरबहादुर देउवाले उनलाई टिकट दिएका थिएनन् […]

कांग्रेस विवादमा १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न सर्वोच्चले दियो अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको हो । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा […]

गगनविरूद्ध देउवाको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । नेपाली कांग्रेसको विधान महाधिवेशनले निर्वाचित गरेको गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले केही प्रश्नको निरूपण हुन जरूरी रहेको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। ‘नेपालको संविधानको […]

भक्तपुर १ मा यी हुन् मनोनयन दर्ता गराउने दुई दर्जन उम्मेदवार

election office Bhaktapur

भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। यसै क्रममा भक्तपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ मा २५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय श्रोतका अनुसार भक्तपुर–१ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फका उम्मेदवारहरूको सहभागिता रहेको छ। सबैभन्दा पहिले पुगी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुकेश […]

रवि लामिछानेले चितवन–२ मा वारेसमार्फत् दिए उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन–२ मा वारेसमार्फत् उम्मेदवारी दिएका छन्। पर्सा, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा सुनुवाइ चलिरहेकाले आफूले वारेसमार्फत् उम्मेदवारी दिनुपरेको उनले बताएका छन्। पर्सा अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको छ। अन्य दुइटा अदालतमा सुनुवाइ चलिरहेको छ। ‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर […]

एमालेबाट शंकर पोखरेल र विष्णु पौडेलले गरे मनोनयन दर्ता

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दाङ–२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। महासचिव पोखरेल २०७४ को निर्वाचनमा दाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रका नेता रेखा शर्मासँग पराजित भएका थिए। यस्तै रूपन्देही क्षेत्र नं. २ मा […]

रविको मुद्दा संशोधन विरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमाथि सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। त्यस्तै अन्तरिम आदेश छलफलका लागि दुबै पक्षलाई बोलाउने पनि आदेश भएको […]