मोरङ,१९ चैत । मोरङमा नक्कली नागरिकता लिने एक युवकसँगै वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिदेशमा रहेका ससुरा धनजीतलाई छलेर सासु मनकुमारीसँग मिलेर छोराको नागरिकता लिएका घरज्वाइँ मिलन परियार सहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ पक्राउ पर्नेमा मिलन र मनकुमारीसँगै पोखरा महानगरपालिका वडा […]
समाचार
मुख्यमन्त्री शाहीले ६४ वर्षका बृद्धमाथि गरे यस्तो घोर अपमान
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेट्न आएका आफ्नै पार्टीका पाका कार्यकर्तालाई मध्यरात कोठाबाट निकालि दिएका छन् । डोल्पा स्थायी घर भएका लोकबहादुर चलाउनेलाई शाहीले राति साढे १० बजे मलाई भेट्न कहिल्यै नआउनु भन्दै झपारेर निकालेका हुन् । चलाउने २०५१ सालबाटै माओवादी पार्टीमा पूर्णकालिन भएका थिए । लामो समयसम्म जेल जीवन हुँदै पार्टीमा क्रियासिल लोकबहादुर माओवादी […]
जंगलमा अश्लिल काम गर्ने शिक्षक र आपत्तीजनक अवस्थामा भेटेर भिडियो खिच्ने ७ जना सँगै पक्राउ
ओखलढुंगा, १८ चैत । ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । विहिबार बिहान सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले […]
ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले गरे आत्महत्या
काठमाडाैं । वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना विदेशी नागरिकले आत्महत्या गरेका छन् । वर्ष ५२ का जोन नाम गरेका अमेरिकी नागरिकले आत्महत्या गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार म्याद सकिएको पास्पोर्ट बोकेर नेपाल आएका बेला अध्यागमन विभागले पक्राउ गरेको थियो । उनले पहिला पनि पटकपटक आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको […]
प्रम ओलीका कटु वचन र देशको राजनीतिक भविष्य
म मेराे देशकाे कार्यकारी प्रमुख देखेर अाफै लज्जाबाेध गरिरहेछु । याे लेख्दा मलार्इ उहाँका समर्थकले गाली गर्नसक्नुहुन्छ । तर, एउटा नेता प्रतिपक्षीमा रहँदा जे बाेल्छ, सत्तामा अासिन हुँदा पनि त्यही कुरा गर्छ भने मैले किन लज्जाबाेध नगरु ? अालाेचना स्वीकार्य छ मनकाे कुरा लेख्छु । प्रत्येक नागरिकमा अास्था, विचार र अभिव्यक्ति स्वतन्त्रता रहने गरी संविधानले […]
त्रिवि उपकुलपति खनियालाई क्रान्तिकारीको ५ बुँदे ज्ञापन, यस्ता मागहरु
काठमाडौं,१८ चैत । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार क्रान्तिकारीका केन्द्रीय सदस्य द्वय कलम बडुवाल र प्रकाश अधिकारीकाे नेतृत्वमा गएकाे टाेलीले उपकुलपति खनियालाई भेटेर ज्ञापन पत्र बुझाएको हो । बर्षेनी निजी सिक्षण संस्थाहरुले गरिरहेकाे शुल्क वृद्धिका कारण आम जनताहरु मारमा परिरहेको भन्दै […]
पुटिनको जवाफी एक्सनः २३ देशका कुटनीतिज्ञ देश निकाला
काठमाडौं, १८ चैत । अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्न भनेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘जस्तालाई त्यस्तै’ जवाफ दिनु पर्ने अवस्था अाएको भन्दै २३ देशका […]
काँग्रेस नेता खड्का अन्त्येष्टी अाज
काठमाडौं, १८ चैत । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको अाज अन्त्येष्टी गरिने भएको छ । यसअघि सार्वजनिक गरिएको श्रद्धाञ्जली कार्यक्रममा हेरफेर भएको छ । नेता खड्काको शव श्रद्धाञ्जलीको लागि दिउँसो १ बजेसम्म घरमै राखिने भएको छ । यसअघि ९ बजेसम्म घरमा र त्यसपछि पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि राखिने बताइएको थियो । खड्काका छोरा अनुराग […]
निजी विद्यालयमा लुटः कक्षा १ मा भर्ना गर्न ८८ हजार !
काठमाडौं , १८ चैत । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ । आजको नागरिक […]
करार नीति उल्लंघनः ३२ हजार कर्मचारीलाई हाकिमले दिए जागिर
काठमाडौं, १८ चैत । निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गर्दै आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहेको खुलासा भएको छ । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । हाकिमहरूले सेवा करारको नाममा करिब ३२ हजार कर्मचारीलाई जागिर खुवाएको तथ्य अर्थ मन्त्रालयले उजागर गरेको छ। आफूखुसी […]










