काठमाडौं, १८ चैत । निर्वाचन समीक्षा गर्न भन्दै यही चैत ९ गतेबाट जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित हुने भएको छ । कांग्रेस नेता खुमबहादुर खड्काको निधनको शोकमा केन्द्रीय समिति बैठक अनिश्चितकालका स्थगित हुन लागेको हाे । आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित हुनेछ र अर्को सूचना जारी […]
समाचार
अमेरिकालार्इ रुसको कडा जवाफ, ६० कुटनीतिज्ञ रुसबाट निकालिए, कन्सुलर कार्यालय बन्द
एजेन्सी । अमेरिकाले अाफ्ना कुटनीतज्ञलार्इ देश निकाला गरेकाे केही समय नबित्दै रुसले पनि ६० कुटनीतिज्ञलार्इ देश निकाला गर्ने निर्णय गरेकाे छ । अमेरिकाका ६० कूटनीतिकलाई देश निकाला गर्ने निर्णय गर्दै रुसले अमेरिकाे कार्यकाे जवाफ दिएकाे हाे । रुसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने फैसला गरेको छ। ती कूटनीतिक कर्मचारीलाई रुस छाड्न […]
गोली लागेर मृत्यु भएकी सुजातालार्इ जब चट्याङ लागेर मृत्यु भएको भनियो
ललितपुर, १७ चैत । गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । शुक्रबार साँझ ६ बजे सुजाताको (देवर) श्रीमानको सानीआमाको छोराले भरुवा बन्दुकले हानेपछि सुजाताको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले […]
आयल निगम र खाद्य संस्थानका ४५० बढी ‘अवैध’ कर्मचारी हटाउन आपूर्तिमन्त्रीको निर्देशन
काठमाडौं, १७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् । यसअघिका उच्च अधिकारीहरूले तोकादेशका भरमा नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी रुपमा नियुक्त गरेका कर्मचारी हटाउन मन्त्री यादवले निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार खाद्य संस्थानमा दुई […]
शेरधन रार्इका विरुद्ध नेकपाको वारेन्ट जारी, १५ दिनभित्र जनअदालतमा उपस्थित हुन आदेश
काठमाडौं, १७ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् मातहतको केन्द्रीय जनअदालत रोल्पाले १५ दिनभित्र राईलाई उपस्थित हुन भन्दै उनकाे घरमा पुर्जी टाँसेको छ । भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र […]
नासा कलेजमा पढिरहेकी छोरीलाई घर बोलाएर आफ्नै बाउले गरे हत्या
काठमाडौं, १६ चैत । छोरीको हत्या गरेको आरोपमा बुवासहित दुई जना पक्राउ परेको छन । धनुषाको शहीद नगरपालिका – ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेला पट्टीका ४६ वर्षीय देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षकी छोरी स्नेहाकुमारी यादवलाई जनकपुर […]
पर्सामा प्रहरी टोलीमाथि स्थानीयको आक्रमण, पाँच जना घाइते, यस्तो छ कारण
वीरगञ्ज, १७ चैत । पर्सामा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको छ । केहि व्यक्तिहरु डकैती गरेर लुकेर बसेको सूचनाका आधारमा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार […]
स्थानीयवासीले प्रहरी टोलीमाथि गरे आक्रमण, पाँच घाइते
वीरगञ्ज, १७ चैत । पर्सामा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको छ । केहि व्यक्तिहरु डकैती गरेर लुकेर बसेको सूचनाका आधारमा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, […]
खुमबहादुरको मृत्युमा बामदेवले लेखे यस्तो भावुक पत्र
काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काकाे मृत्युमा विभिन्न नेताहरुका फरक फरक भावभङ्गीमा अाफ्ना प्रतिक्रिया बाहिर ल्याएका छन् । राजनीतिक जीवनभर निकै अालाेचित भएका खड्काकाे जब निधन भयाे त्यसपछि उनीप्रति जनाइएका सहानुभूति र प्रशंसाकाे चर्चा हुन थालेकाे छ । खड्काका समर्थक र उनकाे पार्टीका नेताहरुले उनीप्रति निकै बढी सहानुभूति जनाएका […]
१ सय ३७ यात्रु बोकेर काठमाडौंका लागि उडेको एयरबस नयाँदिल्लीमा आकस्मिक अवतरण
काठमाडौं, १७ चैत । नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो । चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घन्टापछि खअकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नेपर्यो । काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधिक समस्या […]











