‘गुण्डा नाइके’ चक्रे मिलन समूहका आशिष गुरुङ पक्राउ

काठमाडौं, १६ चैत । ‘गुण्डा नाइके’ चक्रे मिलन समूहका सदस्य आशिष गुरुङ पक्राउ परेका छन्। फसेको रकम उठाइदिने भन्दै पीडितको रकम लिएर बेपत्ता भएका गुरुङलाई प्रहरीले बिहिबार साँझ काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो। पक्राउ परेका गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए। गुरुङले फसेको […]

अस्थायी शिक्षकको परीक्षा स्थगित !

काठमाडौं, १६ चैत्। अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । यही चैत २३ गते हुने भनिएको शिक्षकको आन्तरिक परीक्षा स्थगित भएको हो । परीक्षाको विद्यार्थी संगठनहरुले विरोध गर्दै अाएका थिए । विद्यार्थीहरुले भोलिबाट अनिश्‍चितकालिन शैक्षिक हडतालको घोषणा गरेका थिए । शिक्षक सेवा अायोगले शुक्रबार एक विज्ञप्ति जारी गरेर परीक्षा स्थगित गरेको हो । अस्थायी शिक्षकहरुको […]

सम्पदा मैत्री ब्यापारीक भवन बन्दै

  काठमाडौं, चैत १६ गते । न्यूरोडस्थित नेपालकै पहिलो सम्पदा युक्त ब्यापारिक भवन भन्ने भएको छ ।’ महर्जन कम्प्लेक्स ‘ नाममा बन्ने यो भवनले बिश्वो सम्पदामा सूचीकृत बसन्तपुर हनुमान ढोका दरवार क्षेत्रको मौलिक स्वरुपलाई अझै नयाँ आकर्षण थपिने महर्जन बिजनेस एसोसियेट प्रा लि का संचालक कृष्ण लाल महर्जन बताउनु भएको छ । यो संगै बसन्तपुर […]

पश्चिमी वायुले उपत्यकासहित विभिन्न स्थानमा बद्ली र वर्षा

काठमाडौं, १६ चैत । पश्चिमी वायुको प्रभावले शनिबार रातीदेखि शुक्रबारसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ । उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीको भनाइ छ । काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । नगरकोटीका अनुसार अहिले वर्षा […]

आइपिएलको तयारीमा सन्दिप लामिछाने, टिमसँग पहिलोपटक मैदान उत्रिए

काठमाडौं, १६ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपालबाटै पहिलो पटक सहभागिता जनाउने मौका पाएका सन्दिप लामिछाने पहिलोपटक आफ्नो टिमका खेलाडीहरुका साथ मैदानमा उत्रिएका छन् । उनले बिहीबार आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गरे । प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी […]

धनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा

काठमाडौं, १६ चैत । चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको […]

नेकपा प्रवक्ता प्रकाण्डको घरमा पक्राउ पुर्जी टाँस्न गएका सरकारी कर्मचारीहरू गााँउबाट लखेटिए

काठमाडौं, १५ चैत । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट टाँस्न गएका सरकारी कर्मचारीहरू लखेटिएका छन् । कालिकोट जिल्कोजा माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा बिहिबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट प्रहरीको एक टोली पुगेको थियो । सरकारी कर्मचारीसहित पुगेको टोलीले […]

कैदीहरूबीच जेलभित्रै झडप हुँदा प्रहरीले गोली चलायो, ६८ जनाको मृत्यु

काठमाडौं, १५ चैत । भेनेजुएलाको एक जेलमा भएको झडपमा ६८ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार भ्यालेन्सियास्थित जेलमा बुधबार कैदीबीच झडप भएको थियो । झडपकै क्रममा केही कैदी भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली प्रहारसमेत गरेको बताइएको छ । सुरक्षाकर्मीको गोली प्रहारबाट कति र झडपबाट कतिको मृत्यु भयो भन्ने प्रष्ट भएको छैन । मृतक सबै […]

पर्बतमा मकै रोप्ने (सिडर) मेसिन भित्रियो

पर्वत, १५ चैत । पर्वत जिल्लामै पहिलोपटक मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो । कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), […]

राष्ट्रपति भण्डारी बग्गीमा चढेर सम्मेलन केन्द्र जाने, संघीय संसदलाई पहिलो सम्बोधन !

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद लाई आज पहिलो सम्बोधन गर्दै छिन् । सांसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहि व्यवस्थाअनुसार राष्ट्रपतिको […]