माओ दिवसको अवसरमा क्रान्तिकारी शक्ति एकतावद्ध बन्न प्रचण्डको अपिल

काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तीको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायप्रति एकतावद्ध हुन अपिल गरेका छन्। माओ दिवसका अवसरमा जारी सन्देशमा प्रचण्डले विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढेको र […]

बालेनको राजनीतिक दौडधूपप्रति सिके राउतको टिप्पणी – कागलाई बेल पाक्यो हर्ष न विस्मात्

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पछिल्लो समय देखिएको राजनीतिक चहलपहलप्रति ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भन्दै टिप्पणी गरेका छन्। हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विभिन्न राजनीतिक नेताहरू तथा ‘जेनजी’ अगुवासँग भेटघाट बढाइरहेका सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्। बिहीबार मेयर शाहले ललितपुरको ज्वागलमा झन्डै १२ घन्टा विभिन्न दलका नेता र युवा […]

गैरहाजिर २० प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर छन्। आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान […]

आज शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ […]

कांग्रेसका उपसभापति भन्छन् – अझै निर्वाचनको वातावरण बनेन

dhanraj Gurung

ललितपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अझैसम्म पनि निर्वाचनको वातावरण बन्न नसकेको प्रतिक्रिया दिएका छन्। नेपाली कांग्रेसको बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुगेका गुरुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार पक्षले निर्वाचनको वातावरण बनाउन नसकेकै कारण संसद् पुनःस्थापनाको आवाज उठ्न थालेको बताए। उनले भने, “कार्यसम्पादन बैठक आज पनि […]

हर्क शैलीमा समाजका लागि तल्लीन यी हुन् सनोज महत

ललितपुर। सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी छन्। हातमा माइक बोकेर एक व्यक्ति अगाडि उभिएका छन्—लङकोट र बुटमा सजिएका, तर कुनै औपचारिक मञ्चमा होइन । न झिलिमिली ब्यानर छ, न नाराले भरिएको चुनावी सभा। उनी छन्—बस्तीभित्र, जनताकै घरदैलोमा। धरानका मेयर हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको ‘जनमुखी’ चुनावी यात्राजस्तै शैली अहिले दक्षिण […]

सिन्धुलीमा कर्फ्यु, कारण यस्तो

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा ३२ वर्षीया सुशीला बम्जनको मृत्यु नभई हत्या भएको भन्दै उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। बम्जनलाई आफ्नै सासु, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोप लगाउँदै पीडितका आफन्त र स्थानीय बासिन्दा पाँच दिनदेखि प्रदर्शनरत छन् । घटनाको निष्पक्ष छानबिन र दोषीलाई […]

सिन्धुली अस्पताल कागजरहीत, सचिव डा गौतमलाई भब्य सम्मान

Dr. Sumitra Gautam

सिन्धुली । बागमती प्रदेश सरकार मातहत सञ्चालित सिन्धुली अस्पताल कागजरहित हुने भएको छ । बिरामीको पूर्जा देखि सबै रिपोर्ट अब अनलाइन हुने भएको हो । बिहीवार प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेपरलेस प्रविधिको उद्घाटन गर्दै सिन्धुली अस्पतालमा कागजरहीत सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश मातहतका १३ वटै अस्पताललाई […]

सिन्धुपाल्चोक-१ मा नेपाली कम्युनिस्ट पार्टीबाट सापकोटा सर्वसम्मत

सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा सुवोधको एकल नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका क्षेत्रीय समन्वय समिति, जिल्ला समिति तथा सम्पूर्ण नेतृत्वले सर्वसम्मत रुपले सापकोटाको नाम सिफारिस गरेको हो । उनी बिघटित प्रतिनिधि सभामा तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवार रही निर्वाचित सदस्य हुन् […]