महिला क्रिकेटलाई ऐतिहासिक शृंखला

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो । योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक […]

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक बुधबारको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ […]

अत्यधिक प्रदुषण बढेपछि दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द

काठमाडौँ । वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ । तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले […]

पाटन म्युजियममा विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेखहरुको प्रदर्शन

कार्तिक, ३० लितपुर। पाटन संग्रहालय ब्यवस्थापन समितिको २४ औं बार्षिकोत्सवमा विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको पर्दशन गरिएको छ। ललितपुर पाटन क्षेतका विभिन्न स्थानमा भेटिएका , विभिन्न उत्खननबाट प्राप्त तथा नेपालबाट युरोप अमेरिकाका संग्रालय बात फिर्ता प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको संग्रहित पुरातात्वित्व्क महत्वका बस्तुहरु सोमबार बात पाटन म्युजियम संग्रहालय विकास समितिले प्रदशनमा […]

काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो तालिम सम्पन्न

काठमाडौं, ३० कार्तिक। सरसफाइ र स्वच्छताका लागि काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो चरणको तालिम सम्पन्न भएको छ । महानगरका २० जना अधिकारीहरु विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ् कोर्स — पिएलसि) लिइरहेका थिए । यसपछि थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा सहभागी गराइनेछ । […]

मुल्मीको ‘मभित्रको म’ लोकार्पण

काठमाडौं, ३० कात्तिक – वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक लोकार्पण भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए । ७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत […]

विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान

काठमाडौं, ३० कार्तिक । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाकाे अाधार शिबिर जाने मुख्य नाका तथा जिल्लाकाे सदरमुकाम हाे । अायाेजक टिमका अनिल तुलाधरले साेही […]

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए । सोमबार नै प्रदेशको सत्तासाझेदार […]

चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

काठमाडौँ । सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जनाएको छ। प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्। कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो।

८ एसपी, एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका सुदिप राजभण्डारी, योगबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपरे उनीहरु स्वतः बढुवा हुनेछन् । गृहमन्त्रालयलेएसपी विकासराज खनाल,सुदिपराज भण्डारी, […]